देशभरको मौसम बदलीः कहाँ-कहाँ पर्छ पानी ?


माघ १७, काठमाण्डौ । पश्चिमी वायुका कारण काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा अहिले तुवाँलो लागेको छ । तुवाँलोका कारण भिजिविलिटी १५ सय मिटरमा झरेको छ भने बिहीबार बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस रहेको मौसमविद्ले बताएका छन् ।

दिउँसो काठमाण्डौमा एकैछिन घाम लागेपनि फेरि बद्ली हुने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले बताए । उनले देशको धेरैजसो ठाउँको मौसम बदली भई पश्चिमका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको जानकारी दिए ।

१७ माघ २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको