५० प्रहरी उपरीक्षक (एसपी)को सरुवा, को कहाँ भए ? [सूचीसहित]


भदौ १३, काठमाडौं । गृह मन्त्रालयले ५० जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ ।

गृह मन्त्रालयअन्तर्गत प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागका अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको एकल निर्णयमा ५० एसपीको सरुवा गरिएको हो ।

सरुवा हुनेमा एसपी अच्युत प्रसाद पुडासैनी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी प्रधान कार्यालय युएन जगेडा नक्सालमा सरुवा भएका छन् भने प्रदेश नम्बर १ दंगा नियन्त्रण प्रहरी गण दुहबी सुनसरीबाट अनुरागकुमार द्धिवेदीलाई महानगरी दंगा नियन्त्रण प्रहरी गण काठमाडौंमा सरुवा गरिएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै विभागले भदौ महिनादेखिकै तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरुको सरुवा गरिएको हो ।

हेर्नुस प्रहरी उपरीक्षकको सूची

१३ भाद्र २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको