प्रथम सुवेडा बृहत् साँस्कृतिक महोत्सवको आयोजना हुने


जीवन सिंह/चैत १६, बझाङ । सेती साईपाल युवा क्लवको आयोजनामा जयपृथ्वीनगरपालिका-७ सुनिपिपलमा प्रथम सुवेडा बृहत् साँस्कृतिक महोत्सवको आयोजना हुने भएको छ।

‘लोक कला भाषा संस्कृति हाम्रो पहिचान, लुकेर रहेका प्रतिभाको खोजी गर्नु हाम्रो अभियान’ भन्ने मूलनाराकासाथ बझाङ जिल्लामा यो बृहत साँस्कृतिक महोत्सव हुन लागेको सेती साईपाल युवा क्लवका अध्यक्ष दिपकराज जोशीले जानकारी दिएका छन् ।

उक्त बृहत् सांस्कृतिक महोत्सव सुनिपिपल चौर मा.वि. सुवेडामा बैसाख ६ गतेदेखि १० गतेसम्म पाँच दिने महोत्सव सञ्चालन हुने सांस्कृतिक महोत्सवका संयोजक देवराज जोशीले जानकारी दिए ।

सांस्कृतिक महोत्सवमा र्यापर राजेन्द्र भट्ट “आरजे’ डेउडा गायिका रेखा जोशी, हास्य कलाकार दिपेन्द्र ओली, लोकदोहोरी गायक भागरथी चलाउने, डेउडा गायिका गौरी भट्ट, लोक दोहोरी तथा डेउडा गायक उमाशङ्कर जोशी, कलाकार कल्पना बि.सी., अस्मिता जिएम, यज्ञराज ओझा, सुनिल नेपाली, डान्सर अनुप बिष्ट, लगाएत ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको बेजोड प्रस्तुति रहने बझाङ सास्कृतिक महोत्सवका सह संयोजक सर्जन चन्द्र सुवेदीले जानकारी दिए ।

१६ चैत्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको