प्रचण्डपत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज


माघ १४, काठमान्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष कमरेड प्रचण्डकी जीवनसंगिनी सीता दाहाल स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि आज डिस्चार्ज भएकी छन । माघ ६ गतेदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा भाइरल ज्वरोको उपचार गराउनुभएको उहाँको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो २ बजे डिस्चार्ज भएको हो ।

उहाँलाई हिजो आइसियुबाट जनरल वार्डमा सारिएको थियो । उपचारमा संलग्न चिकित्सक डा. अशोक शर्माका अनुसार जनरल वार्डमा उहाँको निगरानी पश्चात स्वास्थ्यमा सुधार देखिएपछि आज डिस्चार्ज गरिएको अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष कमरेड प्रचण्डकी जीवनसंगिनी सीता दाहाललाइ माघ ६ गतेदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार भैरहेको थियो ।

१४ माघ २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको