रामपुर–जापान सम्पर्क मञ्चले दशैँको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने


असोज १०, काठमाडौँ । रामपुर जापान सम्पर्क मञ्चले हिन्दुहरूको महान चाड शुभ विजया दशमीको अवसर पारेर भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

यहि आउँदो अक्टोवर १२ तारिकका दिन जापानको टोकियो शहरमा उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो । गत बर्षपनि यस मंचले दशै तथा तिहारको अवसरमा भेटघाट तथा शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरेको थियो ।

खास गरी पाल्पा जिल्लाको पूर्वी भागको रामपुर नगरपालिका क्षेत्र भित्र स्थायी बसोबास भएको र हाल जापानको बिभिन्न क्षेत्रमा अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायका शिलशिलामा आउनु भएका व्यक्तिहरु सबैलाई उपस्थित गराउन सबैठाँउबाट पहल भईरहेको कुरा सम्पर्क मञ्चका सचिव उमेश अर्यालले बताउनु भयो ।

स्थापना भएको लगभग दुई बर्षको समयावधि मा यस मंचले बिभिन्न रचनात्मक तथा सामाजिक कामहरु गर्दै आएको छ । हालसम्म जापानमा रहनु भएका रामपुरबासी सबैको अभिलेख राख्ने र भैपरि आउने समस्यालाई यस मंचको माध्यमबाट समाधान खोज्ने तर्फ मंच लागिरहेको हुनाले सबैले यस कार्यलाई सहयोग गर्नुपर्ने कुरामा सचिव अर्यालले जोडदिनु भएको छ ।

प्रदेशमा भएतापनि आफ्नो रितीरिवाज र परम्परालाई भूल्न नसकिने हुँदा यस मंचले नेपालका महानचाडपर्वहरुलाई बिभिन्नतरिकाले मनाउदै र संरक्षण गर्दै आईरहेको कुरा मंचका अध्यक्ष बिनोद आचार्यले जानकारि गराउनु भएको छ ।

यस मंचको सम्पर्कमा भएजति सबैलाई खबर गरिएको र जापानमा भएता पनि सम्पर्कमा आउन नसक्नु भएका रामपुरबासि सबैलाई यहि सूचनालाई आधारमानि उक्त दशै बिशेष कार्यक्रममा उपस्थित भैदिनुहुन मंचले आग्रह समेत गरेको छ ।

१० आश्विन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको