पचालझरनामा पाेषण प्रतियाेगिता सम्पन्न


भाद्र ८, कालिकाेट । पचालझरना गाँउपालिकामा रहेकाे राम्नाकाेट स्वास्थ्य चाैकी अन्तरगतका ९ वटा स्वास्थ्य आमा समुहरुकाे सहभागितामा पाेषिलाे खाना बनाउने तरिका सम्बन्धि प्रदर्शनि प्रतियाेगिता सम्पन्न भएकाे छ । याे स्वास्थ्य संस्थामा प्रतियाेगिता सम्पन्न सगै यस गाँउपालिका भित्र रहेका ३ वटै स्वास्थ्य संस्था मागहतका का २६ वटै आमा समुहले सहभागिता जनाएकाे बताइकाे छ ।

गाउपालिका भित्र रहेका २६ वटै स्वास्थ्य अामा समुहमा पाेषिलाे खाना बनाउने सिकाइकाे प्रयाेगात्मक सहजिकरण सम्बन्धित स्वास्थ्य संस्था र नेपाल रेडक्रस साेसाइटी कालिकाेटले संयूक्त रुपमा संचालन गरेका थिए । त्यस लगतै मात्र स्वास्थ्य संस्था अन्तरगत पाेषिलाे खाना बनाउने पर्दर्शनि प्रतियाेगिता संचालन गरेकाे पचालझरना गाउपालिका स्वास्थ्य शाखा प्रमुख चन्द्रेश्वर शाह ले बताए । प्रतियाेगितामा सहभागिलाइ सानत्वना र प्रथम, दितिय, तृतियलाइ पुरस्कारकाे ब्यवस्था गरिएकाे थियाे ।

कालिकाेट जिल्लामा स्थानिय स्थरमा उत्पादन हुने बस्तु अन्न, गेडागुडी, फलफुल आदि बाट बच्चाहरुकाेलागि पाेषिलाे खाना बनाइ खुवाएमा कुपाेषण कम गर्न सघाउ पुर्याउने तर्क सहित प्रदर्शनि प्रतियाेगिताकाे आयाेजना गरिएकाे स्वास्थ्य चाैकी इन्चार्ज कर्ण प्रसाद आचार्यले बताए ।

यस गतिबिधिकाे बारेमा टेलिफाेनमा कुरा गर्दा बच्चाहरुकाे लागि पाेषिलाे खाना बनाउने गतिबिधि प्रत्यक्ष समुदायमा सिकाइ भइरहेकाे जानकार रहेकाे र यस सिपलाइ ब्यवहारमा लागू गर्दै व्यापक बनाउनु सकारात्मक गतिबिधि हाे । यसकाे प्रयाेग निरन्तर गरे कुपाेषण दर कम गर्न प्रत्यक्षरुपमा सहयाेग गर्ने बिश्वास रहेकाे गाँउपालका अध्यक्ष खड्गराज सेजुवालले बताए ।

पोषिलो खाना बनाउने अभ्यास

९ भाद्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको