विप्लव नेकपाका तीन नेता सर्वोच्च अदालतको आदेशमा रिहा


भदौ ६, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता लालबहादुर ओली ‘विश्व’ सहित नेता नेता रिहा भएका छन् । रोल्पाका स्थानीय नेता विश्‍वसँगै अखिल क्रान्तिकारी नेता बुद्धहाङ नेम्वाङ र कृष्णबहादुर शाही सर्बोच्च अदालतको आदेशमा रिहा भएका हुन् ।

रिहाइभए लगतै उनि अहिले आफन्तको सम्पर्कमा आइसकेको पारिवारिक स्रोतले जनाएको छ । सर्वोच्च अदालतको चौथो पटकको आदेशमा नेता विश्‍व रिहा भएका हुन् । यसअघि रिहा लगत्तै पुनः गिरफ्तार गर्दै आएपनि शुक्रबार भने रिहा भएका छन् ।
तिनैजनाले दाएर गरेको रिटमाथि न्यायधीस सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको संयुक्त इजलासले विश्‍वसहित तीनै जनामाथि लगाइएका आरोप पुष्टी नभएको भन्दै रिहाको आदेश दिएको थियो । रोल्पाको गंगादेव गाउँपालिका -३ का स्थायी बासिन्दा विश्व १ सय २७ दिनपछि रिहा भएका हुन् ।

पार्टी कामका खटिरहेका बेला तुलसीपुर उपमहानगरपालिका–३ स्थित राम्रीबाट बैशाख ६ गते गिरफ्तार भएका ओलीलाई रोल्पा, प्युठान हुँदै अर्घाखाँची पुर्याइएको थियो ।

त्यसैगरी अखिल क्रान्तिकारीका नेता नेम्वाङलाई प्रहरीले साउन २४ गते सर्वोच्च अदालतको गेटबाटै गिरफ्तार गरेको थियो । त्रिचन्द्र क्याम्पसमा अध्ययनरत नेम्वाङ १४ दिनपछि रिहा भएका हुन् ।

बाँके चिसापानीका शाही भने लामो समय पछि रिहा भएका छन् । उनलाई राज्यद्रोह, संगठित अपराध सम्बन्धी मुद्दा लगाइएको थियो । नेकपामा संलग्नताको आरोपमा गिरफ्तार गरिएका शाहीलाई चेत्र ११ गते गिरफ्तार गरिएको थियो ।

अदालतको आदेश लगत्तै शाहीलाई प्रहरीले पुनः गिरफ्तार गरेर बाँके, बर्दिया, कैलाली कारागार र फेरि बर्दिया घुमाइएको थियो । सर्वोच्चले बन्दसहित उपस्थित गराउन दिएको आदेश दिएपछि उनलाई बर्दियाबाट सर्वोच्च अदालत ल्याइएको थियो ।

त्यसैगरी पत्रकार तथा साहित्‍यकार खेम थपलियाको रिहाइको माग गर्दै परेको रिटमा आजै सुनिवाइ भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको जवाफसहित सोमबार बन्दसहित उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ ।

थपलियालाई रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष जन्मदेव जैसीले रिट दायर गरेका थिए ।

चारै जनाको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको पक्षमा अधिवक्ता कपिलचन्द्र पोख्रेल, अधिवक्ता कान्तिराम ढुंगाना र अधिवक्ता दयाराम पोख्रेलले बहस गरेका थिए ।

६ भाद्र २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको