प्रचण्ड परिवार अमेरिका उडेपछि समाजसेवी इशा गुरुङ देखि लेनिन बिष्टसम्मको टिप्पणी


चैत्र ४, काठमान्डौ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिप्लव समुहले आफुलाई मार्न एक नम्बर लिष्टमा राखेको खुलासा गरेपछि बहसले ल्याएको हलचल सेलाउन नपाउदै फेरी अर्को बिषयले चर्चा पाएको छ, त्यो हो पत्नी सिता दाहाल अमेरिका उपचार ।

प्रचण्ड परिवार हिजो आइतबार उपचारका लागि अमेरिका प्रस्थान गरिसकेका छन् ।

देशका राजनेता र उनका आफन्तहरु विदेश उपचार जाने बिषय भने नौलो होइन, पुरानै चलन हो । सैदान्तिक हिसाबले राष्ट्रिय स्वाधीनता बोकेका नयाँ पार्टीहरुको विदेश मोहमा शिक्षा-दीक्षा देखि उपचार, भ्रमण गर्ने परिपाटीले नेपाली नागरिकहरु दुखि छन् ।

कर्मथलो बेलायत बनाएकी समाजसेवी इशा गुरुङले जनताहरुको कठिन जिबन स्तर र नेताहरुको उच्च जिबन शैलीलाइ लिएर चिन्ता व्यक्त गरेकी छन् । नेपाली जनता र नेताको जिबनस्तर निकै फरक रहेको बताउदै अहिले सम्म जनताको सु:खको दिन नआएकोमा दुख व्यक्त गरेकी हुन् ।

देशका बालबालिकाहरु गाउँमा शिक्षा हाँसिल गर्न तुइनमा झुण्डिनु परेको मार्मिक दृश्य पोष्ट गर्दै उनले भनेकी छन्, ‘नेपालमा आफ्नै गरीब जनताहरू यसरी जिबन काटिरहेका छन् भने नेताको परिवारहरू लाखौ रकम ख़र्च गरेर अमेरीका युरोप उपचार गर्न जान्छन्, जनताको सुखद दिन कहिले आएन तर नेताजीहरूको सधै सुखद सुखद,…यहाँ भन्दा बढी लेख्न सकिन कामरेड.. जय होस्’ !

प्रचण्ड पत्नी उपचार जानुअघि लेखक तथा राजनीतिक विश्लेषक दिल निशानी मगरले प्रचण्ड परिवारको बचाउ गर्दै, नेकपाका अध्यक्ष प्रचण्ड अमेरिका जानु केवल उपचार मात्रै नभएको जिकिर गर्दै बचाउ गरेका थिए ।

पत्नी सीताको उपचार संगै राजनीतिक बिषयमा अमेरिका हिडेको आसय झल्काउदै निशानीले भनेका छन्, ‘पत्नी सिता दाहालको उपचारका लागी मात्रै प्रचण्ड अमेरिका हिँडेका हुन् भनेर कसैले बुझेका छन् भने त्यो केटाकेटी बुझाई मात्र हो।’ उनको उक्त भनाइलाइ प्रचण्ड परिवारको बचाउयुक्त भनाइ भन्दै आलोचना गरेका छन्।

पूर्व-प्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहाल संगै अमेरिका उड्ने भएपछी उनको एरपोर्ट बिदाइले आर्को चर्चा पाएको छ । उनको बिदाइका लागि समर्थक तथा सुभचिन्तकहरु एरपोर्टमा लामै लर्को देखेपछि सामाजिक संजालमा बिरोध सुरु भएको छ ।

जनयुद्दका बालसेनाको रुपमा परिचित लेनिन बिष्टले प्रचण्ड परिवारलाइ बिदाइ गर्न लागेको लामै लर्को सहितको फोटो पोष्ट गर्दै व्यंग्यात्मक कडा टिप्पणी दिएका छन् । अध्यक्ष प्रचण्डका कार्यकर्ता तथा समर्थकलाइ चम्चाको संज्ञा दिंदै चम्चाहरु देखि साबधान हुन आग्रह समेत गरेका छन् ।

उनको भनाइ कसैसंग मेल खान गए संयोग मात्र हुने बताउदै भनेका छन् ‘चम्चा जुन भाडासंग नजिकिन्छ, त्यसैलाई रित्तो बनाउछ, चम्चाहरु देखि सावधान । कसैको जीवन संग मेल खान गएमा, संयोग मात्र हुनेछ ।’

 

४ चैत्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको