बाढी पहिरो बितण्डा अपडेटः ज्यान गुमाउनेको संख्या ६५ पुग्यो, ३० जना अझै बेपत्ता


असार ३०, काठमाडौं । विगत ५ दिनदेखिको वर्षाका कारण आएको बढी, पहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा ६५ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढी र पहिरोमा परेर २४ महिला र ४१ पुरूषको मृत्यु भएको हो । यस्तै बाढीपहिरोमा परी १७ महिला र २१ पुरुष गरी ३८ जना घाइते छन् । १८ पुरुष र १२ महिला गरी ३० जना हालसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म १हजार ४४६ जनाको उद्धार गरिएको छ । गृह मन्त्रालयका अनुसार ३३ हजारभन्दा बढी मानिस विपद्बाट प्रभावित भएका छन् । बाढी पहिरो र डुबानका कारण विशेषगरी तराई मधेसको जनजीवन अत्याधिक प्रभावित भएको थियो ।

प्रभावितहरूको उचित आश्रयस्थलको व्यवस्थापन, उद्धार तथा राहतका लागि सरकारले तदारुकताका साथ काम गरिरहेको सरकारले जनाएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार विपद्को अवधिमा अहिलेसम्म ५१ स्थानमा पहिरो खसेको छ । सुरक्षा निकायलगायत तीनै तहको सरकार तथा स्थानीय समुदाय र सङ्घसंस्था राहत एवं उद्धारमा सक्रिय छन् ।

यस्तो छ मानवीय क्षतिको विवरण

 

३० असार २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको