बझाङमा सोनाम ल्होछार विभिन्न कार्यक्रम गरि मनाइयो


टेकेन्द्र बोहरा/माघ २३, बझाङ । नयाँ वर्ष २८५५ औँ फाक ढय्वा ल्हो (बदेल वर्ष) सोनाम ल्होछार मंगलबार बौद्ध धर्मलम्बी तामाङ, ह्योल्मो जातिका समुदायले बझाङको सदरमुकाम चैनपुरमा विभिन्न कार्यक्रम गरेर मनाएका छन् ।

मञ्जुश्री पात्रोअनुसार कुकुर वर्ष (नागी ल्हो) विदा गर्दै बदेल वर्षलाई स्वागत गरेर ल्होछार पर्व मनाइएको साईपाल गाँउपालीकी डोल्मा तामाङले बताए । ल्होछारको दिन आज सोनाम ल्होछार आज बौद्ध धर्मलम्बी तामाङ, ह्योल्मो जातिका समुदायले मोलमपाठ पुजा तथा साँकृतिक कार्यक्रहरु गरी मनाएका छन ।

तामाङहरुले सोनाम ल्होछार पर्वमा आफ्नो भेषभुषा लाएर आफन्तजनसंग भेटघाट गरी सेतो टिका र खादा लगाएर मोलम थाप्ने र खाप्सी ,सेलरोटी जस्ता खानेकुरा खाने, सगुन बाढ्ने चलन छ ।

२३ माघ २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको