सल्यानकी महिलाले लगाईन पुर्वमन्त्री बस्नेतलाई यौन प्रस्तावसहित लाखौ ठगिको आरोप


माघ १८, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले गृहजिल्ला सल्यानकी एक महिलाले गम्भीर आरोप लगाएकी छन् ।

सल्यानकी एक महिलाले उनलाई ४ लाख रुपैया लिएर फिर्ता माग्दा नदिएको र यौन शोषण गर्न खोजेको आरोप लगाएकी छन् । जिल्लाको बागचौर नगरपालिका ८ घर भएकी महिमा कुमारी खत्रीले सामाजिक संजाल फेसबुकमार्फत आफ्नो सहिछाप र हस्ताक्षर सहितको पत्र सार्वजनिक गरेकी छन् ।

आफु पुर्व माओबादी तथा हालको एमाले र माओबादी केन्द्रको एकतापछि बनेको सत्तारूढ (नेकपा)को कार्यकर्ता भएको दाबी गर्दै उनले चुनावको समयमा तत्कलीन मन्त्री भएका बस्नेतले आफुबाट ४ लाख रुपैया सापटी लिएको तर अहिले माग्दा नदिने धम्की दिएको बताएकी छन् । २०७४ असोज ११ गते पुर्व मन्त्री बस्नेतले आफुबाट ४ लाख रुपैया लिएको उनले बताएकी छन् ।

त्यस्तै आफुले पैसा माग्दा पुर्व मन्त्री बस्नेतले यौन सम्बन्ध राख्ने उदेश्यले कुनै बेला एक्लै काठमाडौ, नारायणगढ आउ भन्दै बोलाएको समेत उनले खुलाएकी छन् । आफुले उक्त कुराको अस्वीकार गरेपछि पैसा नदिएको उनले फेसबुकमा लेखेकी छन् ।

दुख गरि व्यापार व्यवसाय बाट २/४ लाखको कारोबार गरी व्यवसायी साथीहरू संग लिएको पैसा नदिने र उल्टो एकान्तमा भेट्ने बोलाएर अस्मितामा नै गिद्दे नजर लगाउने बस्नेतका कर्तुक बाहिर ल्याएर न्याय पाउन बाध्यताका साथ पत्र लेखेको उनले जनाएकी छन ।

उनले लेखेकी छन – “अाफ्नै घरमा पुगेर मैले त्यति खेर दिएको पैसा अहिले अाएर तिम्रो र मेरो कुन अार्थीक कारोबार छैन भन्दै मेरो पैसा नदिने धम्की दिदै अाउनु भएको छ । त्यति मात्रै होइन म पुर्व मन्त्री पनि हु तिमिले जानेको गर म दिन्न भन्दै धम्काउदै अाउनु भएको छ ।”

पैसा माग्दा आफुलाई वडा सदस्य बनाइदिने र बागचौर नगरपालिकामा चुनाब लडनु पर्छ भन्दै प्रलोभन देखाएको समेत उनले आरोप लगाएकी छन् ।

यता पूर्वमन्त्री बस्नेतले महिलाले लगाएको आरोप झुठो भएको दाबी गरे । बस्नेतले भने,‘उनीसँग मेरो कुनै आर्थिक लेनदेन भएको छैन । न त मैले यौन प्रस्ताव राखेको छु। यी सबै आरोप निराधार छन् ।’ उनले केही नेता र कार्यकर्ताले ती महिलालाई उचालेर आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाए । ‘मेरो राजनीति सिध्याउन केही नेता र कार्यकर्ताले महिलालाई उचालेका हुन् । क–कसले उचालेका छन् ती मान्छेलाई मैले चिनेको छु ।’ उनले चरित्रहत्या गर्न खोजिएको भन्दै यो अनावश्यक कुरा भएकाले साइवर क्राइममा जानुपर्ने बताएका छन ।

खत्रीको निवेदन जस्ताको तस्तै

सबैलाई नमस्कार।

विषय–न्याय पाउँ भन्ने बारे।

उपरोक्त सम्बन्धमा म मैमा कुमारी खत्री, सल्यान जिल्ला वागचौर नगरपालिका वडा नम्बर ८ मा मेरो घर हो।

म पूर्व माओबादी कार्यकर्ता समेत हुँ। हाल एमाले र माओवादी केन्द्रको एकतापछि बनेको सत्तारूढ नेकपामा आवद्ध छु। म निम्न २ कारणले अन्यायमा परेकाले यसै सामाजिक सञ्जालमार्फत आफ्ना दुःख र भोग्नु परेको पीडा यही सञ्जालमार्फत बाहिर ल्याउने बाध्य भएकी छु। मेरो पीडा र बाध्यतालाई अधिकारकर्मी र पत्रकारहरुले सत्य तथ्य बुझि न्याय दिलाउन सहयोग गरिदिनु हुन समेत आग्रह गर्दछु।

मैले पूर्वमन्त्री तथा सत्तारूढ दलका नेता टेकबहादुर बस्नेतलाई एउटा असल अभिभावक एवम् जिम्मेवार नेता ठान्दै आएँ। तर, दुर्भाग्य बस्नेतले मेरो निजी जिन्दगीमा ठूलो बज्रपात पारेकाले आज बाध्य भएर यी कुरा भन्न गइराखेको छु। पूर्वमन्त्री समेत रहेका बस्नेतले मेरो भावनासँग खेली आर्थिक एवम् पारिवारिक जीवनमा ठूलो अप्ठ्यारो पारेकाले न्यायका लागि सबैलाई अनुरोध समेत गर्दछु।

पूर्वमन्त्री बस्नेतले मसँग २०७४ साल भदौ महिनामा ४ लाख ऋण माग्नु भएको थियोे। मैले आफ्नै एउटा जिम्मेवार नेता एवम् अभिभावक हुनुका नाताले कहीँ कतै पाएँ भने ऋण दिने योजना बनाएँ। सोही बेला मैले मेरो ज्वाई र एकजना ब्यापारी साथीसँग सापटी लिएर दिने समेत निधो गरें। त्यही अनुसार मैले मन्त्री बस्नेतलाई ४ लाख रुपैयाँ काठमाडाैं आइएमइ गरिदिने निधो गरं।े तर, उहाँले म सल्यान आउने भएकोले त्यहीँ आएर लिन्छु तयार पारी राख्नु पैसा भन्नु भयो र मैले तयार पारी २०७४ साल असोज ११ गते उहाँको घरमा पुगेर ४ लाख रुपैंया बुझाएँ।

आफ्नै घरमा पुगेर मैले त्यति खेर दिएको पैसा अहिले आएर तिम्रो र मेरो कुनै आर्थिक कारोबार छैन भन्दै मेरो पैसा नदिने धम्की दिँदै आउनु भएको छ। त्यति मात्रै होइन म पूर्वमन्त्री पनि हुँ तिमीले जानेको गर, म दिन्न भन्दै धम्काउँदै आउनु भएको छ। उहाँले कुनै कुनै बेला एक्लै काठमाडौं आऊ, कहिले नारायणगढ आऊ भन्दै एक्लै बोलाउन सुरु गर्नुभयो। मैले अस्वभाविक मान्दै गएँ। उहाँले मलाई धेरै पटक यौनजन्य क्रियाकलापमा केन्द्रीत गरेर भेट्न समेत बोलाउनु भयो, मैले असहमति जनाएँ। तर उहाँले अहिले आएर मैले भेट्न अटेरी गरेपछि पैसा नदिने धम्की दिँदै आउनु भएको छ। मसँग पैसा लिनु भन्दा अगाडि कहिले तिमीलाई वार्ड सदस्य बनाउने हो भन्दै, कहिले नगरपालिकामा चुनाब लड्नु पर्छ भन्दै आशा देखाउनु भयो। पैसा लिएपछि मसँग घुमाउरो तरिकाले यौन प्रस्ताव समेत राख्नु भयो। तब मैले असहमति जनाएँ।

उहाँले पैसा समेत नदिने धम्की दिनु भएकोले म गरिब र अन्यायमा परेकी महिलालाई न्याय दिन सबैमा अनुरोध गर्दछु। एउटा जिम्मेवार नेता एवम् पूर्र्वमन्त्रीले म जस्तो सामान्य मान्छेको जीवनसँग खेलवाड गरेर के फाइदा हुने रहेछ मैले बुझिनँ। साथै दुःखगरी व्यापार व्यवसायबाट २–४ लाखको कारोबार गरी व्यवसायी साथीहरूसँग लिएको पैसा नदिने र उल्टो एकान्तमा भेट्न बोलाएर मेरो अस्मितामाथि गिद्धे नजर लगाउने बस्नेतका कर्तुक बाहिर ल्याई मलाई न्याय पाउँ भनी बाध्य भएर यो लेखेकी छु।

मैमा कुमारी खत्री
बागचौर–८ सल्यान

१८ माघ २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको