आज देशभरको मौसम बदली, कुन क्षेत्रमा कस्तो हुन्छ अवस्था ?


माघ १८, काठमाडौँ । देशभरको मौसम सामान्यतया बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण पूर्वदेखि पश्चिमका सबै क्षेत्रको मौसम बदली भएको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् ।

काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहीबार रातिदेखि नै मौसम बदली भएको छ । देशका पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद नगरकोटीले बताइन् ।

काठमाडौँ उपत्यकामा भने बदली भए पनि पानी पर्ने सम्भावना निकै कम रहेको जनाइएको छ । उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

बेलुकातिर मध्य तथा तराई क्षेत्रको मौसम खुल्दै जाने र पश्चिमी वायुको प्रभाव कम हुने भएकाले शनिबार मौसम सफा रहने उनले बताइन् ।

बिहान ६.८ डिग्री मापन भएको काठमाडौँको न्यूनतम तापक्रम दिउँसो बढेर १८ देखि २० डिग्री पुग्ने अनुमान छ ।

१८ माघ २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको