रुकुममा रोटे पिङ भाँच्चिदा ४ घाईते


ज्ञानु गौतम/कार्तिक २९, रुकुम । रुकुम पश्चिममा रोटेपिङ्ग भाँच्चिदा चारजना घाईते भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिका –९ राडी बजारको चौतारा मेलामा सञ्चालित रोटेपिङ्ग भाँच्चिदा चारजना घाइते भएका हुन् ।

घाइते हुनेमा आठबीसकोट नगरपालिका –४ आरुखोला गोतामकोटका ५२ वर्षीय कालिबहादुर बिक र उहाँकी श्रीमती ५१ वर्षीय बेलमती बिक रहेका छन् ।

त्यस्तै सोही नगरपालिका –११ गोईरीकी १४ वर्षीया दिपा सिंह र नलगाड नगरपालिका –८ हलचौर जाजरकोटका ९ वर्षीय लोकेन्द्र खत्री घाईते भएको प्रहरीले बताएको छ ।

घाइते चारमध्ये कालिबहादुर र लोकेन्द्रको अबस्था गम्भीर रहेको बताईएको छ ।

घाइते चारैजनाको राडीबजारमा रहेको नगर अस्पताल उपचार भईरहेको ईलाका प्रहरी कार्यालय आठबीसकोटले बताएको छ । घाइते कालिबहादुर विकले नै गएको मंगलबारदेखी शुरु भएको चौतारा मेलामा उक्त रोटेपिङ्ग सञ्चालन गर्नुभएको हो ।

२९ कार्तिक २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको