पोष्टपाटी/काठमाडौं
झट हेर्दा लक्का जवान मुस्कुराइरहने स्वभाव हाँसीला र फुर्तिला पञ्चराम रोका पर्वत कुनैबेला माओबादी बृतका चर्चित कलाकार थिए । छमछमी नाच्ने पर्वतर्लाइ भेरी कणार्ली क्षेत्रमा माओबादी कलाकारको मोडल भनेर चिन्थे । तर यतिबेला त्यतीबेलाका मोडल पर्वत जस्ताको तस्तै छैनन् । राम्रोसंग बोल्न जिब्रो आउदैन हातखुटा पनि राम्रोसंग चल्दैनन शरीरका अस्थीपञ्जरहरूले समेत साथ दिन छोडीसकेका छन न राम्ररी हिडन सक्छन ,न राम्ररी बोल्न सक्छन । आफुले लामो समय त्याग तपश्या गरेको पार्टी सरकारमा भएको मौका छोपी केहि थान सपनाहरू बोकी काठमाडौँ आएका उनि भन्छन सडकमा पुगियो । केहि साथीहरूको सहारा लिएर काठमाडौँ पुगेका पर्वत सुन्धारा भेटीए । मुसुक्क मुस्कुराई रहने उनको भित्री ब्यथा भयाँनक थियाे । सुस्त मनस्थितिका पर्वत केहि बर्षदेखि मुटुराेगले थला परेका छन । मुटुकाे भल्व खराबीका कारण थला परेका पर्वत उपचारकाे लागि भाैतारीरहेका छन ।
२०४२ सालमा पिता मोतिप्रसाद रोका र माता ललिता रोकको कोखबाट जन्मीएका जाजरकोट पजारू ९ टिकाचौरको गरिब मगर परिबारका पञ्चराम रोका अर्थात पर्वतको जिवनको कथा अनौठो छ । जनयुद्धका बेला बहुप्रतिभावान पर्वतर्लाइ अहिले आफनै जिवन बोझ भएको छ । भन्छन माओबादीको पार्टी कार्यालय पेरीसडाँडामा गएर आत्मदाह गरीदिँउ जस्तो लाग्छ । जिवन नगरीखाने नमरी जाने अबस्थामा पुगेको ठहर गर्दै उनि निरास बनेर उपचारको जोहो गर्न काठमाडौ उक्लेका छन । सकुशल युद्धमा होमीएका पन्चराम रोका अर्थात पर्वत अहिले उनको शरीर प्यारालाइसेस जस्तै भएको छ । १० बर्षे दन्दकालको आधार भुमी भेरी कर्णालीको कलाकारमा उनको पहिचान बेग्लै थियो । २०५७ साल जेठमा माओबादी जनयुद्धमा होमीएका पर्वत मात्र १४ बर्षका थिए ।
बिर्सनै नसकिने घर छोडेको रात
जेठको महिना गहुँ पाकेर पहेँलै भएका थिए दिनभर गहुँ काटेर लखतरन्न थोकेका पर्वत साँझपख घर पुगे घरमा माअोबादी कलाकारहरूको बाक्लो उपस्थीती देखे मगर साँस्कृतीको धनी उनको गाँउमा मगर बाहेक अरूको प्राय कमै बसोबास छ । ठुलो ताउलामा ढिडो र डेक्चीमा सिस्नो पाकीरहेको थियो । उनलाई कामबाट फर्किदा भोक लागिरहेको थियो । तर घरमा माओबादीका कलाकारहरूको तमझम देख्दा उनलाई भोकले छोडीकेको थियो । लागेको भोक र थकान सबै बिर्सीसकेका थिए । साँझ पख गाँउमा साँस्कृतीक कार्यक्रम भयो । जाजरकोटका चर्चित नेता काली बहादुर मल्ल कलाकार राजु, रमा उषा,निषा दोभान लगायका जाजरकोटी कलाकारहरूको उपस्थीती रहेको थियो । जाजरकोटको पजारू गाबिस ९ टिकाचौरमा जन्मीएका पर्वतर्लाइ त्यतिबेलाका माओबादीका कलाकारहरूको साँस्कृतीक प्रस्तुतीले लोभ्यायो ।
उनका जेठा दाजु बम रोका पनि माओबादी थिए दाजु माओबादी भएकै कारण घरमा आवतजावत बाक्लै हुन्थ्यो । उनलाई माओबादीहरूको त्यतीबेलाको जिवनशैलीले खुब लोभ्याएको थियो । भर्खरका युवा युबतीहरू छम्छमी नाचीरहेको देख्दा उनलाई पनि संगै नाँचौँ नाँचौ लाग्थ्यो । तर दाईको डरका कारण भन्न सक्दैन्थे । उनलाई त्यो कार्यक्रममले लोभ्यायो माओबादी बन्न मन लाग्यो । गाँउकै साथी बसन्त भन्ने माओबादीको कलाकार थिए । उनले बसन्तसंग कुरा गरे । आफुलाई पनि यसरी नै नाच्ने रहर भएको उत्सुकता देखाए । उनि बसन्तको सल्लाह बमोजीम माओबादी भए । कलाकार बन्ने धोको सहित पुर्णकालीन भए ।
पञ्चरामबाट पर्वत हुँदै जब कलाकार बने
मंगोलियन जातका उनि देख्दा पनि निक्कै सुन्दर थिए । उनी सानै गित संगितमा खुब रूचि राख्थे । उनलाई ठुलो कलाकार बन्ने इच्छा थियो । त्यतिबेला माओबादी युद्धले उनको त्यो इच्छा सार्थक बनाइदियो । उनि तत्काल त्यही जुनीको एरीया कलाकारमा जोडीए । उनको नाम पञ्चरामबाट पर्वत राखियो । किनकी त्यतीबेला माओबादीमा साँकेतीक नामले बढी स्थान पाउथ्यो । उनले आफनो पुर्नजन्म भएको अनुभुती गरे । केहि समय पछि जिल्ला कलाकार जनमुक्ती साँस्कृतीक परीबारमा जोडीए राम्रो प्रतिभा भएका उनि निखार थिए । उनको स्तरउन्नती बडदै गयो पछि क्षेत्रिय साँस्कृतीक टिम संगम परिबार उर्फ इच्छुक साँस्कृतीक टिम भेरी कर्णालीमा जोडीए । उक्त टिमको सबैभन्दा उत्कृष्ट बने ।
भुल्नै नसकिने पर्वतका केहि क्षणहरू
पञ्चराम अर्थात पर्वतका भुल्नै नसकिने क्षणह थुप्रै छन । उनि भन्छन धेरै ठाँउ पात पातमा बाँचीयो । बाँचेका पलहरूको कल्पना समेत गर्न सक्दिन । केहि घटनाहरूले उनलाई अहिलेपनि झकझक्याई रहन्छन । उनि बेला बेला झसङ्ग हुन्छन । भन्छन ती घटना सम्झदा पनि बेग्लै मजा आउछ । तर इतिहाँस त आखिर इतिहाँस नै हो । भुलेर पनि भुल्न सकिन्न । उनले त्यसलाई जिवनको नयाँ आयामका रूपमा लिएका छन ।
भन्छन सरिताको प्रेमले बाँच्न सिकायो
उनको कलाकार टिममा करीब देशैभरीका युवा युबतीह?को जमघट थियो । त्यही टिममा मुख्य गायीकाको ?पमा काम गर्ने डोल्पाकी सरिता बोहोरा थिइन । उनि सरितालाई बहुत मन पराउथे । तर भन्न सकिरहेका थिएनन । सरितालाई जनमुक्ती सेनाहरूले खुब प्रस्ताव गर्थे तर उनि त्यस्तो लप्पन छप्पन तिर लाग्दैनथिइन ।उनि भन्छन बेग्लै स्वभावकी सरीता अरू भन्दा फरक थिइन । लगनशिल र मेहनती स्वभावकी उनि निक्कै संघर्षशिल थिइन । कुनै पनि कुरामा हरेस नखाने सरितको रूप पनि त्यतीकै राम्रो थियो । उनलाई रूप र गुण दुबै मिलेको एकमात्र केटी लाग्थ्यो सरिता उनले सरीतासंग प्रस्ताब राखे सहजै स्वीकारीन उनिहरूको लामो प्रेम पछि युद्धमै बिहे भयो ।
शहिद मण्डलले पारेको प्रभाव
उनलाई माओबादी बृतमा सबैभन्दा मनपर्ने नेता ललित सिंह मण्डल थिए । उनलाई सबैभन्दा प्रेरणादायी कुरा मण्डलले दिन्थे । मण्डलका कारण उनले आमाबुवा दाजुभाई समेत भुलेका थिए । उनि भन्छन मण्डलले गरेको सहयोग जिवनमा भुल्न सकिन्न । मण्डल माओबादी बृतमा राम्रो क्षामाता र मिलनसार युवा नेता थिए । २०६२ सालमा गण्डक अभियानमा पाल्पाको तिनगिरेमा मण्डलको तत्कालीन शाहीसेनासंगको दोहोरो भिडन्तमा ज्यान गुमाएका थिए ।
नेताह? प्रतिको बितृष्णा
युद्धकालमा पर्वतलाई नचिन्ने माओबादी नेता प्राय कमै थिए । साँस्कृतीक टिमका होनाहार कलाकार उनि केन्द्रीय टिम सामाना परिबारका समेत चर्चित कलाकार थिए । उनको युद्धकालमा चौतर्फि वाहीवाही हुन्थ्यो । बिस्तारै परिबेश बदलियो माओबादी नेताहरूले कलाकारका लागि जस्तासुके आश्वासन दिए पनि ब्यवहारत त्यो लागु गर्न सकेनन । बिस्तारै कलाकारहरू सबै पलायन हुन तिर लागे कोही खाडी छिरे कोही घरतिर फर्के कोही घर न घाटको बनेर सडकमा पुगे । त्यस्तै पर्वत पनि नघर जान सके न खाडि छिर्न सके मजबुरी गर्न सडकमा पुगे ।
जे सुकै भनोस क्रान्ति अधुरो छ
पर्वतको स्वास्थ्य अबस्था नाजुक छ । उनलाई मुटु रोग लागेको छ । गोजीमा उपचार गर्ने पैसो छैन । घर परिबारले गर्न सक्ने अबस्था छैन । उपचार नपाएर भौतारीरहेका उनलाई क्रान्तिको चिन्ता भने आफनो शरीर भन्दा अधिक छ । उनको मनमा लागिरन्छन यो अधुरो त्रान्तिलाई पुरा कस्ले गर्ला तर अबस्था त्यस्तो देख्दैनन । नेताहरूको कुर्सी र सत्ता मोहले शहिदका सपनाहरू शाकार नहुने हुन की भन्ने चिन्ता छ । माओबादीहरूको टुटफुट देखि आक्रान्त उनि क्रान्तिको लागि एकता हुनुको बिकल्प नभएको बताउछन ।
कुसेन्युजबाट साभार
प्रतिक्रिया दिनुहोस