दाङमा खुल्यो ५० लाख लागतमा सैलुनसहितको क्याफे


असोज २, दाङ । तुलसीपुर बजारमा ५० लाख लागतमा सैलुनसहितको क्याफे सञचालनमा आएको छ ।

तुलसीपुरको ‘ख’ लाइनमा ‘लोकप्रिय यूनिसेक्स सैलुन एन्ड लोकप्रिय बेकरी एन्ड क्याफे’ तुलसीपुरको हाल सम्मकै आधुनिक पार्लर भएको दाबी सञ्चालक घनश्याम डाँगीले बताए ।

आँफूहरुले महिला पुरुष दुबैका लागि हेयर कटिङ, फेसिएल,हेयर कलर, हेयर केराटीन, नेल आर्ट, मेनिकेर, पेडिकेर र पार्लर सम्बन्धि सेवाहरु प्रदान गरिने डाँगीले जानकारी दिए ।

जसका लागि आवश्यक कर्मचारी काठमाडौं र बुटवलबाट ल्याइएको डाँगीले जानकारी दिए । सैलुन र बेकरी क्याफेमा एसीको समेत ब्यबस्था रहेको छ । सैलुन एण्ड क्याफेको शुक्रबार तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले उद्घाटन गरेका हुन ।

२ आश्विन २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको