कोरोना भाइरसः चीनमा बिदेशीलाई प्रवेश प्रतिबन्ध


चैत १४, काठमाडौं । चीनले विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको छ। यसअघि नै बसोबासको अनुमति पाएकाहरुलाई पनि शनिवारबाट चीन प्रवेशमा रोक लगाइएको हो ।

चीनमा तीन दिनयता भएको कोरोना भाइरस संक्रमित अधिकांश बिदेशबाट आएकाहरुमा पाइएपछि अस्थायी रुपमा सबै विदेशी नागरिकलाई चीन प्रवेशमा रोक लगाइएको हो ।

बिहीवार चीनमा ५५ जना नयाँ सङ्क्रमित भेटिएकामा ५४ जना विदेशबाट आएकाहरू थिए। कोरोना भाइरसको संक्रमण पहिलो पटक देखिएको चीनमा पुनः प्रतिबन्ध लगाउने निर्णय हुनुले महामारी अन्त्यतिर गइसकेको घोषणामा चुनौती थपिएको छ ।

पछिल्लो समय ग्वाञ्जाओमा पाकिस्ताबाट भित्रिएको पाँचौं कारोनो संक्रमित व्यक्ति भेटिएको छ । कोरोनोको महामारी फैलिए यता ५३ जना पाकिस्तानी नागरिकहरु चीन पुगेको सरकारी तथ्याँकले देखाउँछ ।

अन्यत्रबाट चीनमा कोरोना भित्रिन सक्ने खतरालाई मध्यनजर गर्दै चीन सरकारले शनिवारदेखि सबै सीमानाका बन्द गर्ने घोषणा गरेको हो । चिनियाँ जनताहरु वुहान जस्तै फेरि कारोना संक्रमण बढ्न सक्ने भन्दै त्रसित देखिएपछि चिनियाँ अधिकारीहरुले विदेशीलाई अस्थायी प्रतिबन्धको घोषणा गरेका हुन् ।

चीनको विदेश मन्त्रालयले ‘कोभिड-१९ को विश्वव्यापी विस्तारका कारण सबै विदेशीलाई प्रवेश नदिने निर्णय’ गरिएको जनाएको छ। उक्त प्रतिबन्ध कुटनीतिज्ञ वा विमानका चालक दलका सदस्यहरू बाहेक प्रवेशाज्ञा र बसोबासको अनुमति पाएका विदेशीहरूका निम्ति पनि लागु हुने बीबीसीले जनाएको छ।

चीनमा कैयौँ विदेशी विमान सेवा कम्पनीहरूले यसअघि नै उडान रोकि सकेको र विभिन्न शहरहरूमा अवतरणमा रोक लगाइ सकिएको सन्दर्भमा पछिल्लो निर्णय औपचारिकतामा मात्र सीमित हुनेछ ।

कोरोना भाइरस पहिलो पटक चीनमा देखिए पनि त्यहाँ सङ्क्रमितको सङ्ख्या अमेरिकामा भन्दा कम र मृत्यु हुनेको सङ्ख्या इटली र स्पेनभन्दा कम छ । पछिल्ला पटक सार्वजनिक भएका विवरण अनुसार चीनमा भन्दा अमेरिकामा संक्रमित हुने मानिसको संख्या ४२ सय भन्दा बढी छ ।

१४ चैत्र २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको