आसार २९, काठमाडौं । श्रीलंकामा लाखौ प्रहरीको घेरा तोड्दै आक्रोशित जनताहरुले जबरजस्ती प्रधानमन्त्री कार्यालय कब्जा गर्न लागेका छन् । केहेदीनअघि मात्र रास्ट्रपति निवास कब्जा गरेका श्रीलंकाली जनताले प्रधानमन्त्रीकै कार्यालय कब्जामा लिने प्रयास गरेका हुन्।
सत्ताका नाइकेहरुसंग आक्रोशित प्रदर्शनकारी कार्यालयको गेट तोडेर प्रधानमन्त्री कार्यालय भित्र छिर्ने प्रयास गरिरहेको बीबीसीले जनाएको छ।
केही प्रदर्शनकारी सुरक्षाबलमाथि बोतल प्रहार गरिरहेका छन्। प्रधानमन्त्री कार्यालयमा सुरक्षा तैनाथी बढाइएको छ। भीड लगातार बढिरहँदा प्रदर्शन उग्र बन्दै गएको छ। प्रदर्शनकारीलाई हटाउनका लागि अश्रुग्यास प्रहार गरिएको छ।
राष्ट्रपति गोटाबाया राजपक्षे श्रीलंकाबाट भागेपछि रनिल विक्रमसिंघे कार्यवाहक राष्ट्रपति बनेका छन् र उनले देशमा संकटकाल घोषणा गरेका छन्। श्रीलंकाको संविधान अनुसार ३० दिन सम्म रनिल विक्रमसिंघे कार्यवाहक राष्ट्रपति रहने छन्।
प्रदर्शनकारीहरुले रनिल र गोटाबायाको राजीनामा माग गरिरहेका छन्।
प्रधानमन्त्री विक्रमसिंघेले सर्वदलीय सरकार बनेपछि पद त्याग गर्ने बताएका थिए तर प्रदर्शनकारी तत्काल उनको राजीनामा माग गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस