स्वास्थ्य चौकी निर्माणका लागि नि:शुल्क जग्गा दान


टेकेन्द्र बोहरा/बैशाख ४, बझाङ । बझाङको दुर्गाथली गाउँपालीकाको वडा नम्बर ६ चुवावनमा स्वास्थ्य चौकी निर्माणका लागि नि:शुल्क जग्गा दान गरिएको छ ।

स्वास्थ चौकी निर्माणका लागी दुर्गाथली गाँउपालीका वडा नँ ६ का ७९ बर्षिय लाले जाग्रीले आप्नो नाममा रहेको करीव आठ सय बर्गमिटर क्षेत्रफलको जग्गादान गरेका हुन ।

वडामा स्वास्थ्य चौकी निर्माणका लागि वडा अध्यक्ष धिरज जाग्रीको पहलमा निशुल्क जग्गा दिएको अध्यक्ष जाग्रीले बताए ।

७९ बर्षिय जाग्रीले गाँउमै स्वास्य चैकी निर्माण हुने हुदा आफु र आप्नो वडाका सवै नागरिक हरुले स्वास्य सेवा पाउने हुँदा आफुले नि:सुल्क जग्गा दान गरेको बताए ।

४ बैशाख २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको