रुसी विमानमा आगो लाग्दा ४१ को मृत्यु, ३७ जनाको जीवितै उद्धार [भिडियो]


एजेन्सी/बैशाख २३, काठमाडौं । एक रुसी विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ । यस्तै ३७ जनाको जिवितै उद्दार गरिएको छ ।

मस्को विमानस्थलमा आकस्मिक अतवरण गर्ने क्रममा आइतबार सुखोई सुपरजेट-१०० विमानमा आगलागी भएको हो । रुसको सरकारी मिडियाका अनुसार मस्कोबाट मारमास्क जादैँ गरेको उक्त विमानमा सवार चालक दलका ५ सदस्यसहित ७८ जना थिए ।

तीमध्ये ४१ जनाको मृत्यु भएको हो । ३७ जनालाई भने जीवितै उद्धार गरिएको छ । रुसको सरकारी कम्पनी एयरोफ्लोटले आफ्नो वेबसाइटमा दुर्घटनामा जीवित ३३ व्यक्तिको नामावली प्रकाशित गरेको छ ।

रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमान एयरपोर्टमा फर्कनुपरेको र अवतरणका क्रममा विमानको इञ्जिनमा आगो लागेको बताएको  छ ।

सामाजिक सञ्जालमा आइरहेका भिडियो हेर्ने हो भने यात्रीहरुलाई विमानको आपतकालिन ढोकाबाट निकालिदै थियो। भिडियोमा अवतरण गर्ने क्रममा विमानबाट कालो धुवाँ आइरहेको देख्न सकिन्छ। यस्तै अर्को भिडियोमा विमान अवतरण गर्ने क्रममा उफ्रिएको देख्न सकिन्छ।

शेरेमेट्येभो बिमानस्थलबाट उत्तरी शहर मरमान्स्कका लागि उडेको उक्त बिमान विमानमा प्राविधिक समस्या रहेको भन्दै शेरेमेट्येभो फर्किएको थियो ।

बिमानस्थलमा जबर्जस्ती उत्रनासाथ बिमानमा आगो लागेको थियो । सुपरजेट भनिने रुसी एसएसजे१०० दुई इन्जिनयुक्त जहाज हो । यो बिमान सन् २०११ देखि प्रयोगमा ल्याइएको थियो ।

यस बिमानको उत्पादक सुखोई सिभिल एयरक्र्याफ्टले आइतबार दुर्घटनाग्रस्त बिमानको गत अप्रिलको शुरुमै मर्मत गरिएको जनाएको छ । एरोफ्लोटले पाइलटहरुमा करिब एक हजार ४०० घण्टा बिमान उडाएको अनुभव रहेको बताएको छ ।

सोभियत सङ्घ युगको बिमानसेवा पुरानो भएपछि उड्डयनका क्षेत्रमा समस्या सामना गरेको रुसले एसएसजे१०० सिरिजका नयाँ बिमान विकास गरेको थियो ।

यही सिरिजका बिमानहरु रुस बाहेक आर्मेनीया र मेक्सिको समेतका अरु देशमा पनि प्रयोग भइरहेको छ । यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पीडित परिवारप्रति समावेदना व्यक्त गरेका छन्।

२३ बैशाख २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको