लण्डन आगलागीमा मृतकको संख्या कम्तिमा ३०


लण्डन टावर ब्लक भवनमा भएको आगलागीमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ। अझ पनि आगलागीका बेला भवनमा कति मानिसहरु थिए भन्ने यकिन भैसकेको छैन।

प्रहरी कमाण्डर स्टुआर्ट कन्डीले मृतकको संख्या अझ बढ्न सक्ने बताए।

तर एउटै व्यक्तिको बारे कैयौंले सोध्ने गरेकाले कति मानिस हराइरहेका छन् भन्ने पत्ता लगाउन कठीन रहेको उनले बताए।

प्रहरी अनुसन्धान

उनले आगलागी अपराधिक क्रियाकलाप थियो कि थिएन भनेर प्रहरीले अनुसन्धान गर्ने बताए।

ब्रिटेनकी महारानी एलिजाबेथ र राजकुमार विलियम्सले राहत केन्द्र पुगेर घटना पीडितलाई भेटेका थिए।

प्रधानमन्त्री टरिजा मेले बिहीबार घटनास्थल पुगेर पनि पीडितहरुसँग भेटघाट नगरेको भन्ने आलोचना भएपछि प्रधानमन्त्री टरिजा मेले शुक्रबार अस्पताल पुगेर घाइतेहरुसँग कुराकानी गरेकी थिइन्।

२ असार २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको