गंगादेवमा स्वास्थ्य विज्ञापनको परिक्षामा रोक लगाईयो


गंगादेव गाउँपालिकामा स्वास्थ्य तर्फ स्टाफ नर्स, अ.न.मी. र अहेवको पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा पुर्व करार स्वस्थ कर्मचारीहरुलाई परिक्षामा समावेश हुनबाट रोक लगाईएको छ । माघ २४ गतेको प्रकाशित छोटो सुची अनुसार उनीहरु परीक्षामा सहभागी हुन नपाउने भएका हुन ।

यसअघि अ.न.मी. पदमा कार्यरत स्वस्थ कर्मीहरु कमला वली, निर्मला वि.क., तिर्था वली, निर्मला खड्का, मिना वली लगायतले अ.न.मी.को रिक्त पदमा आबेदन दिएका थिए । तर उनीहरुलाई सार्बजानिक पदमा रहदा कर्मचारी आचारसंहिता बिपरित कार्यगरि विभागीय कारबाही भएको भन्दै परिक्षामा समावेश नगराउने भएको छ ।

स्थानीय सरकारले गंगादेव गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र र स्वास्थ्य इकाईमा कार्यरत करार सेवाका कर्मचारीहरुको सम्झौता अवधि नवीकरण नगरी खुल्ला बिज्ञापन मार्फत पदपूर्ति गर्ने निर्णय गरेको थियो । स्थानीय सरकारको उक्त निर्णय बिरुद्द अदालतमा मुद्दा हालेपछि कर्मचारी आचारसंहिता बिपरित कार्य गरेकोले विभागीय कारवाही गरेको स्थानीय सरकारले जनाएको छ ।

अ.न.मी. पदका लागि आवेदन दिएकी निर्मला वि.क. र कमला वलीले स्थानीय सरकारले जागिरका लागि विभेद गरेको आरोप लगाएका छन । कर्मचारी आचारसंहिता बिपरित कार्यगरि विभागीय कारवाही भोगेकी मंगला डाँगीलाई कुनै प्रक्रिया नपुर्याई पुनः कुकुरगारे स्वास्थ्य केन्द्रमा अ.न.मी. पदमा जागिरे बनाएको तर अन्य आवेदकहरुलाई विभागीय कारबाहीको नाममा परिक्षामै सहभागी हुनबाट बन्चित गराएको आरोप लगाएका हुन ।

राजनीतिक आस्थाको आधारमा नियम कानुन व्यक्ति बिशेषमा लागु गरेको उनीहरुको आरोप छ । निर्मला वि.क. भन्छिन, ‘कानुन सबैलाई बराबरी हुनुपर्छ, हामीलाई कर्मचारी आचारसंहिता लागुहुँदा अन्यलाई किन लागु भएन ? जो स्थानीय सरकारको निर्णय बिरुद्ध उनीहरुले पनि मुद्दा लडेका थिए तर उनीहरु आज बिना प्रक्रिया नै जागिरमा वहाल रहेका छन ।’

स्मरणीयहोस, मंगला डाँगी नेपाली काँग्रेस गंगादेव गाउँपालिकाका भूपू सभापति दिपेन्द्र डाँगीकि छोरी हुन ।

यस बिषयमा गंगादेव गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर वलीसंग बुझ्दा आवेदकहरु स्थानीय सरकारको निर्णय बिरुद्ध उच्चअदालतमा मुद्दा दर्ता गराएकोले अदालतको अन्तरिम आदेश नआउदासम्म हाललाई परिक्षामा समावेश नगराएको तर अदालतको अन्तरिम आदेशपछि परिक्षामा सहभागी बनाउने बताएका छन ।

अदालतमा मुद्दा हाल्न संलग्न पुर्व करार कर्मचारीलाई पुनः जागिरमा किन जोडेको ? भन्ने बिषयमा बुझ्न खोज्दा प्रमुख प्रशासकीय अधिकृतले आफु यस बिषयमा अनविज्ञ रहेको बताएका छन।

मंगला डाँगीलाई जागिरमा जोड्न हुने तर अरुलाई परिक्षामा सहभागी किन नगराउने भन्ने बिषयमा गंगादेव गाउँपालिकाका अध्यक्ष हरि बहादुर पुनसंग बुझ्दा, यस अघिको कर्मचारी ब्यबस्थापन बिषयमा पुर्व निमित्त प्रमुख प्रशासकीय अधिकृत सालिकराम बस्नेत र स्वास्थ्य प्रमुख सकल देव यादवको निर्णयमा भएको र उनीहरु नै जिम्मेवार हुनुपर्ने बताए ।

यसरि हेर्दा नियम कानुन सबैलाई बराबरी लागु हुनुपर्छ । न्यायका लागि कानुनि प्रक्रियामा गएको र अदालतको अन्तरिम आदेश नआउदै सरकारी परिक्षामा सहभागिता हुन नपाउने बिषय कर्मचारी आचारसंहिता भित्र पर्न सक्छ तर तिनै व्यक्तिलाई अदालतको अन्तरिम आदेश नआउदै करार जागिरमै जोडिनु कानुनी समानता भने होइन । नियम कानुन सबैलाई सम्मानजनक ढंगले लागु हुनुपर्छ ।

७ फाल्गुन २०८०, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको