स्याङ्जा परिवार द.कोरिया थेगु शाखाले यही में ५ तारिक चौथो अधिवेशन गर्ने


द.कोरिया( अप्रिल 9)
अनिल लामिछाने मगर
संचार विभाग प्रमुख
“स्याङ्जाली एकता उपकारी मन ,सद्भाव सँगै बिताऔ परदेशी जीवन ” भन्ने मूल नाराका साथ 2017 मा स्थापित यस स्याङ्जा परिवार थेगु शाखाले यही २०२४ पाँचौ महिनाको ५ तारिक आइतबारको दिन थेगुमा चौथो अधिवेशन गर्ने भएको छ।
तेस्रो कार्यसमितिले सफलतापुर्बक तेस्रो कार्यकाल पूरा गरी आधिकारिक र बिधिबत रुपमा अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै अधिवेशन गर्न लागेको कार्यबाहक अध्यक्ष मिलन राना मगर ले जानकारी दिनु भयो।

स्याङजा जिल्ला बाट बिभिन्न पेशा, ब्यवसाय तथा रोजगारको रुपमा कोरिया आएका स्याङ्जाली मनहरूलाई एकजुट र आबद्द गराउदै बिभिन्न क्रियाकलापमा सक्रिय रहदै आएका सन १९९७ मा स्थापित स्याङ्जा परिवार द.कोरिया को दोस्रो शाखाको रुपमा विस्तार भएको यस संस्थाको स्थापना २०१७ मा भएको हो।
उक्त अधिवेशन सफल पार्न थेगु आसपास रहनुहुने सम्पूर्ण स्याङजाली मनहरू ,संस्थामा आबद्द सल्लाहकार हरु,बुद्धिजीवीहरु,सुभचिंतक, समस्त सदस्यहरूमा गरिमामय उपस्थितिको लागि स्याङ्जा परिवार थेगु शाखा हार्दिक अनुरोध गर्दछ।

मिति 2024 .05.05 आइतबार
थेगु द.कोरिया

२७ चैत्र २०८०, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको