प्रतिभा परिवारसंग मिलन भईन


असार ३१, दाङ । भारत कुवेत हुँदै साउदी अरवमा फसेकी सल्यानकी प्रतिभा वि.क. आफ्नो परिवारसंग मिलन भएको छ । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको आयोजनामा परिवारसंग मिलन कार्यक्रम दाङ घोराहीमा रहेको पत्रकार महासंघको हलमा सम्पन्न भएको हो ।

परिवारसंग मिलन कार्यक्रमको प्रमुख अतिथि घोराही उपमहानगरपालिका उप प्रमुख हुमा कुमारी डि.सी. रहनु भएको थियो भने अन्य अतिथिहरु अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय सल्लाहकार कैलाश रोका मगर, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज दाङ शाखाका अध्यक्ष ओम प्रकाश खड्का, दाङ शाखाका प्रमुख सल्लाहकार शक्तीराम डाँगी, दाङ शाखाका सल्लाहकार घन बहादुर रोका जीवन घर्ती, पत्रकार लगायत उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज दाङ शाखाका प्रबक्ता घनश्याम गिरिले सहजीकरण गर्नु भएको थियोे भने कोषाध्यक्ष निशान वलीले स्वागत भासण गर्नु भएको थियो ।

परिवारसंग मिलन कार्यक्रम पछी परिवारसंगै प्रतिभा वि.क. गृहजिल्ला सल्यान पुग्नु भएको छ ।

फोटो फिचर:

३१ असार २०८०, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको