गंगादेव गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड हुने


मंसिर २५, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड हुने भएको छ । शिल्ड यहि पुस ८ गते देखि सिद्धार्थ नमुना मा.वि. घोप्टेओढार गंगादेव-३ रोल्पामा हुने भएको हो ।

रनिङ शिल्डमा गंगादेवका विद्यालयहरु सहभागी हुने छन । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा), एथलेटिक्सका खेलहरु हुने भएका छन् । यसपाली बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड मात्रै हुने भएको छ भने गाउँपालिका अध्यक्ष कप नहुने भएको छ ।

राष्ट्रपति रनिङ शिल्डको अवसरमा सिद्धार्थ नमुना मा.वि.का संस्थापकहरुको शालिक स्थापना समेत हुने भएको छ । सिद्धार्थ नमुना माविले गत बर्षको राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन भएको थियो ।

२५ मंसिर २०८०, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको