अरु कसैलाई थाहा छैन,
तर तिमीहरूलाई त थाहा छ नि है,
तिमीहरूको सामु कहिलेकाही अत्यन्तै रुन्छु म,
कारण, मानबरुपी दानबका हातमा छौँ ।
जश्ले हाम्रो अस्तित्व नामेट गरिदिए,
पहिचानहरु नामेट गरिदिए,
पहिचानसहितका नामहरु नामेट गरिदिए,
ए बनजङ्गल, बन्पाखा, खोलानाला, हिमपर्बत,
म जस्तै तिम्रा हजार, लाखौं सन्तान अझै चिर निद्रामा छन,
थाहा छैन, उनिहरु कहिले बिउझिने,
थाहा छैन, उनिहरुले कहिले होसमा आउने,
तर तिम्रा केहि सन्तान्ले होश खुलाएका छौँ,
बिउँझिसकेका छौँ,
तिमिहरुको सेवा, सिङ्गार पटारको लागि अघि बढेका छौँ ,
तिमिहरुको लागि लडिरहेका छौँ, कस्सिएका छौँ ,
तिमिहरुनै रहेनौ भने हामी कहाँ रहने,
त्यसैले तिमिहरुलाइ पाउने आशामा,
जुटिरहेका छौँ, डटिरहेका छौँ,
जस्तोसुकै अभाब र अवरोधमा पनि पछि हट्ने छैनौं,
रङ्गहिन क्यानभासको यो जीवन र दुनियाँलाई,
अच्चम्मित रङ्गिनको दुनियाँ बनाउने छौँ,
त्यसैले रोएर आशुको श्राप होइन,
बरु बिजयको आशिर्वाद देउ,
भाबुकताको आँसु बगाएर मात्र पनि,
संघर्षको रथ अगाडि बढ्दैन होइन र ?
प्रतिक्रिया दिनुहोस