रोल्पा गंगादेब गाउपालिकाको सामुदायिक बनमा आकस्मिक आगलागी


जेठ ०७, काठमान्डौ । पश्चिम रोल्पाको गंगादेब गाउपालिका अन्तर्गत २ नम्बर वडाको घरबिर सामुदायिक बनमा आकस्मिक आगलागी भएको छ । मंगलबार दिउसो ३ बजेबाट आकस्मिक आगलागी भएको स्थानीय शिक्षक प्रेम बहादुर ओलीले बताए ।

सामुदायिक बनमा आगलागी हुनुको कारण अहिलेसम्म थाहा नभएको स्थानीयले बताएका छन् ।

घरबिरको सितल चौर देखि माथि पट्टिको सामुदायिक बनमा आकस्मिक आगलागी भएपछी स्थानीयहरु आगोलाई नियन्त्रणमा ल्याउन खटिएका छन् । तर अझै नियन्त्रणमा आउन सकेको छैन ।

नजिकै बस्ति भएको हुँदा स्थानीयहरु आगो नियन्त्रणमा जुटिरहेको स्थानीय शिक्षक ओलीले बताए ।

७ जेष्ठ २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको