दाङमा कुलोको विषयमा विवाद हुँदा एक बृद्धको मृत्यु


कात्तिक १३, दाङ । दाङमा कुलोको विषयमा विवाद हुँदा उग्र रुप लिएपछि एक बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर ६ गोलौराका ७३ बर्षिय बृद्ध सुकलाल भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

राईखलियान सडक खण्ड अन्र्तगत पानीकुलोको विषयलाई लिएर सोहि ठाउँका ४० वर्षिय मईमान बस्नेतले कुटपिट गर्दा भण्डारीको ज्यान गएको प्रहरीले बताएको छ ।

घटना सोमवार बेलुकी साढे ६ वजेतिर भएको हो । हत्या गरेको आरोपमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको जनाईएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागी राप्ती अन्चल अस्पताल तुलसीपुरमा राखीएको छ । घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

१३ कार्तिक २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको