कांग्रेसको सदस्यता अनलाइनबाटै पाइने


कार्तिक ८, काठमाडौं । नेपाली कांग्रेसको सदस्यता बन्न अब अनलाइनबाटै आवेदन दिने व्यवस्था गर्न लागिएको छ ।

भोटर लिस्टमा जहाँ नाम छ त्यही सदस्यताको फारम जान्छ । अनलाइनबाट आवेदन दिएपछि नगरपालिका र गाउँपालिकाका समितिले सदस्यता दिन सक्छन् ।

सदस्यता नवीकरण गर्दा भने सदस्यको सक्रियतालाई हेरिनेछ । सदस्य सक्रिय छ भने मात्रै जिल्ला कार्यसमितिले सदस्यता नवीकरण गर्न सक्नेछ ।

पार्टीमा सक्रियतापूर्वक योगदान गरेकालाई उनीहरूको योगदानको रेकर्ड राखेर सम्मानित सदस्यता दिने निर्दे्शिका बनाउने तयारी भएको एक नेताले बताए ।

सभापति शेरबहादुर देउवा पक्षको बहुमत रहेको विधान मस्यौदा समितिले सभापतिलाई शक्तिशाली बनाउने गरी प्रारम्भिक मस्यौदा तयार गरेको छ । समिति सदस्य प्रदीप पौडेलले सुरुमै सबै पदाधिकारी निर्वाचित हुनुपर्ने माग दर्ज गराएका छन् ।

मस्यौदामाथि आएका सुझाब पनि निर्वाचित पदाधिकारीकै पक्षमा देखिएपछि देउवा पक्ष दबाबमा परेको छ । विधान तयार भएपछि केन्द्रीय समितिबाट पास गर्नुपर्ने तथा २ मंसिरदेखि सुरु हुने महासमिति बैठकबाट दुईतिहाइले पारित गर्नुपर्ने हुन्छ ।

आफूअनुकूलको प्रस्ताव महासमितिबाट पास हुने सम्भावना कम भएकाले पनि संस्थापन पक्ष हच्किएको छ ।

८ कार्तिक २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको