नेइमारबिना नै पीएसजीकाे शानदार जित


कात्तिक ४, काठमाडौँ । फ्रेन्च लिग वान फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पिएसजीले एमिएन्सलाई ५ – ० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा ब्राजिलियन फरवार्ड नेयमारलाई विश्राम दिइएको थियो । नेयमारसंगै पीएसजीबाट थियागो सिल्भा र थोमस म्युनिर पनि खेलेका थिएनन् । पीएसजीको लागि मार्किन्होस, एड्रीएन राबिओट, जुलियन ड्राक्सलर, केलियन एमबाप्पे र मौसा डीयाबीले समान एक–एक गोल गरे ।

साबिकको विजेता पीएसजीले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा थप तीन गोल गर्दै फराकिलो जित निकालेको हो ।

पीएसजीका लागि १२ औँ मिनेटमा मार्क्वीन्होसले गोल गर्दै सुरुवाति अग्रता दिलाए । ४२ औँ मिनेटमा राबिओटले गोल गरेपछि पहिलो हाफमा पिएसजीले २–० को अग्रता लियो । ८० औँ मिनेटमा ड्राक्सलर, ८२ औँ मिनेटमा केलियन एमबाप्पे तथा ८७ औँ मिनेटमा डियाबीले गोल गरेका हुन् ।

४ कार्तिक २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको