नवलपरासीमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, करिब ५१ जना घाइते


कात्तिक ४, नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

घटनामा करिब ५१ जना घाईते भएका छन् । ईटहरीबाट भैरहवा तर्फ जाँदै गरेको लु १ ख ८४५४ नम्बरको बस पूर्वी नवलपरासीको मध्यविन्दु–११ बाहुनिकुनामा आइतबार विहान ५ बजे दुर्घटनामा परेको हो ।

बसमा सवार पाँच जनाको घटनास्थलमा नै ज्यान गएको बताईएको छ । दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्याल नवलपुरले जनाएको छ । बस सडकबाट करीब ३५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका ४२ को भरतपुर र नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको थापाको भनाई छ । घटनाको थप विवरण आउँन बाँकी छ ।

४ कार्तिक २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको