सल्यानमा केटी-केटीबीच विवाह


भदौ १५, सल्यान । सल्यानमा दुइवटी केटीहरुबीच विवाह भएकाे छ । जिल्लाकाे बागचाैर नगरपालिका वडा नम्बर १ ठिनबाङज्यूलाकी अमिसा बस्नेत र वडा नम्बर ८ काेटमाैलाकी याेजना केसीबीच विवाह भएकाे छ । उनिहरु दुवैजना केटी हुन् ।

३ वर्षदेखि आफुहरु प्रेम सम्बन्धमा रहेकाे बताउने उनिहरुले राजीखुसी मन्दिरमा पुगेर विवाह गरेकी हुन् । आपसी समझदारीमा याेजना अहिले अमिसाकाे घरमा गएर बसेकी छन् ।

माया बसेकै कारण विवाह गरेकाे उनिहरुकाे प्रतिकृया छ । ‘हामीहरु केटी-केटी नै हाैं । समाजले साेचेजस्तेा तेस्राे लिंगी पनि हाेइनाैं । कुनै भाइरल हुनलाइ पनि विवाह गरेका हाेइनाैं, माया बसेर नै विवाह गरेका हाैं’, याेजनाले भनिन् ।

घरपरिवारले नमानेकाे कारण मन्दिरमा गएर सिन्दुर र पाेते लगाएकाे र अब घरमै विधी पुरा गरेर खुल्ला रूपमा विवाह गर्ने तयारी भएकाे याेजना केसीकाे भनाइ छ । अहिले अमिसाकाे घरमा परिवारले विवाह स्वीकार गरिसकेकाे र याेजनाकाे घर परिवारले केटीकेटीबीच विवाह गर्न नहुने बताइरहेकाे उनिहरुकाे भनाइ छ ।

दुवैजना स्थानीय जनकल्यान क्याम्पस थारमारेमा अध्यनरत छन् । दुवैजनाले जिन्दगीभर सँगै भैरहने बाचा समेत गरेकाे बताएका छन् ।

१५ भाद्र २०८०, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको