दाङमा दशैं तिहारका लागि ज्यूँदो खसी बोकाको खरिद मूल्य निर्धारण गरियो

फाइल तस्बीर

असोज १४, दाङ । दशैं तिहार जस्ता हिन्दु नेपालीहरुका महान पर्वलाई लक्षित गरि बिहीबार दाङमा ज्यूँदो खसी बोकाको खरिद मूल्य निर्धारण गरिएको छ । यो बर्ष गत बर्ष भन्दा ज्यूँदो खसीको खरिद मूल्यमा सरदर प्रतिकेजी १५ रुपैंया र बोको खरिद मूल्यमा ४५ रुपैंयाले बृद्धि गरिएको छ ।

२५ किलो भन्दा माथिको ज्यूँदो खसीको मूल्य पाँच सय ६५ र २० केजीदेखि २४ केजीसम्मको खसीको मूल्य प्रतिकेजी साढे पाँच सय निर्धारण गरिएको छ । त्यस्तै १८ केजी भन्दामाथिको ज्यूँदो बोकोको खरिद मूल्य प्रतिकेजी पाँच सय ४५ रुपैंया निर्धारण गरिएको छ ।

बिहीबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको अध्यक्षतमा घोराहीमा बसेको वरिष्ठ पशु चिकित्सक वेदबहादर केसी र शाखा कार्यालय तुलसीपुरको निमित्त कार्यालय प्रमुख नकुल चोधरीे सदस्य सचिव रहेको तीन सदस्यीय खरिद समितिले जिल्लामा खसी बोकोको मूल्य निर्धारण गरेको हो ।

गत बर्ष दाङमा किसानबाट ज्यूँदो खसी २० देखि २४ केजी सम्मको पाँच सय ३५ र त्यो भन्दामाथिको लाई प्रतिकेजी पाँच सय ५० दरले खरिद मूल्य निर्धारण गरिएको थियो । बोका १८ केजी भन्दामाथिको प्रतिकेजी पाँच सयका दरले कम्पनीले खरिद गरेको थियो ।

शाखा कार्यालय कार्यालयका प्रमुख चौधरीले यो बर्षको लागि मौखिक रुपमा एक हजार र ६ सय वटा खसी बोका पठाउन लिखित रुपमा पत्राचार भएको फरककोणलाई बताए । कम्पनिले गत बर्ष दशंैमा आठ सय एक वटा खसी बोका काठमाडौं पठाएको थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरले २०७१ सालमा चार सय, २०७२ सालमा पाँच सय , २०७३ मा चा सय, २०७४ मा चार सय तीन खसी बोका दाङमा खरिद गरि काठमाडौं पठाएको थियो ।

तर, २०७५ मा भने ढुवानीको व्यवस्था नभएको हुँदा खसी बोका माग भएपनि काठमाडौं पठाउन नसकिएको निमित्त प्रमुख चौधरीले जानकारी दिए । त्यस्तै २०७६ मा कम्पनीले दाङबाट छ सय खसी बोका खरिद गरि काठमाडौं पठाएको रेकर्ड छ ।

दाङको तुलसीपुरस्थित कार्यालयबाट माग भए बमोजिम बिगत केही बर्ष अगाडिदेखि ठूला चाडपर्बको समयमा खसी बोका काठमाडौं पठाउँदै आएको छ ।

यो बर्ष असोज २० /२१ गतेसम्म दशैंका लागि आवश्यक खसी बोका खरिद गरि दैनिक दूई सयका दरले ती काठमाडौं पठाउन सुरु गरिने चौधरीले तयारी गरिएको जानकारी बताए ।

तुलसीपुर क्षेत्रबाट दूईसय वटा र देउखुरी क्षेत्रबाट थप चार सय खसी वोका खरिद गर्ने गरि प्रक्रिया सुरु गरिएको चौधरीले जानकारी दिए । यो बाहेक खसी बोकाको ब्यापार गर्दै आएका ब्यक्ति बिशेषले पनि ब्यक्तिगत सम्पर्कका आधारमा माग बमोजिम काठमाडौंका ब्यबसायीका लागि खसी बोका पठाउँदै आएका छन् ।

 

१४ आश्विन २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको