कांग्रेस सल्यानको प्रदेश निर्वाचन (ख) मा संस्थापन इतर सुरेश अधिकारीको प्यानल विजयी


मंसिर ४, सल्यान । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सल्यान निर्वाचन क्षेत्र नं. (ख) को सभापतिमा सुरेश अधिकारीको प्यानल नै विजयी भएको छ।

शारदा नगरपालिकाका मेयरसमेत रहेका अधिकारी संस्थापन इतर पक्षधर हुन्। शनिबार बिहान ४ बजेतिर प्राप्त मत परिणाम अनुसार प्रदेश सभापतिमा निर्वाचित सुरेश अधिकारीले ३१२ मत प्राप्त गरेका थिए। उनका प्रतिष्पर्धी वीरबहादुर सेजवालले २७० मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ।

त्यस्तै उपसभापतिमा गिरिराज ओली ३१५ र ऋषिराम खत्रीले २६९ मत प्राप्त गरि निर्वाचित भए। उनीहरुका प्रतिष्पर्धी पेशलसिंह डाँगीले २१४ र पूर्णबहादुर भण्डारीले २४७ मत प्राप्त गरे।

त्यस्तै सचिवमा अनिल सिंह २८१ र श्याम कृष्ण महातरा २९५ मत प्राप्त गरि निर्वाचित भए। उनीहरुका प्रतिष्पर्धी शोभाकर राना २४८ र मेघराज भण्डारीले २६२ मत प्राप्त गरे।

सहसचिवमा प्रियवत्र श्रेष्ठ ३०१ र होमसिंह बोहरा २९८ मत प्राप्त गरि निर्वाचित भएका छन्। उनीहरूका प्रतिष्पर्धी ढकबहादुर चन्द २४० र रोहित देवकोटाले २३१ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ।

यहाँ कुल ६१३ मतदाता रहेकोमा ६०१ मत खसेको थियो। त्यसमध्ये २ मत वदर भएको निर्वाचन समितिले जानकारी दिएको छ। प्रदेशको नयाँ नेतृत्व चुन्न सल्यानमा शुक्रबार मतदान भएको थियो।

त्यस्तै सल्यानकै निर्वाचन क्षेत्र नं. (क) मा अहिले सम्मको स्थितिमा सभापति पदमा कडा प्रतिपष्पर्धा देखिएको छ। ५०० मत गणना गर्दा संस्थापन पक्षधर सभापति पदका उम्मेदवार गोरखबहादुर खत्रीले २४६ र संस्थापन इतर पक्षधर मानिने सुरेश चन्दले २४७ मत प्राप्त गरेका छन् । मतगणना बागचौरस्थित जनकल्यान माविमा भइरहेको छ । यहाँ कुल ६५७ मतदाता रहेकोमा ६२७ मत मात्रै खसेको थियो ।

४ मंसिर २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको