सर्वोच्चमा आज पनि बन्दीप्रत्यक्षीकरण निवेदनको मात्रै सुनुवाइ हुने

फाइल तस्बीर

कात्तिक १६, काठमाडौँ । प्रधानन्यायाधीश–न्यायाधीशको विवादले लगातार न्यायसेवा प्रभावित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मंगलबारका लागि पनि बन्दीप्रत्यक्षीकरण निवेदनको मात्रै पेशी तोकेका छन् ।

मंगलबारका लागि तोकिएको पेशी अनुसार प्रधानन्यायाधीश राणाले आफ्ना लागि इजलास गठन गरेका छैनन् । सोमबारदेखि सर्वोच्च अदालतमा समानधानको मध्यमार्गी बाटो भन्दै बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको छैन ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै न्यायाधीशहरुले अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएका थिए । तर मध्यमार्गी बाटो भन्दै सोमबारदेखि बन्दीप्रत्यक्षीकरणका निवेदनमा मात्रै पेशी तोकिन थालिँदा न्यायसेवा थप प्रभावित भएको हो ।

बन्दीप्रत्यक्षीकरणको मात्रै निवेदनको सुनुवाइ गर्दा सर्वोच्चमा नियमति सुनुवाइ भने प्रभावित भएको छ। यो हप्ता नियमित सुनुवाइ हुनुपर्ने जनताका १८१ थान मूल मुद्दा प्रभावित भएका हुन्। ती मुद्दासँग जोडिएको अरु लगाउ प्रकृतिका दर्जनौँ मुद्दाको पनि सुनुवाइ रोकिएको छ।

१६ कार्तिक २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको