माघ ७, काठमाडौँ । भक्तपुर जिल्लाको सूर्यविनायकमा निर्माणाधीन राष्ट्रिय प्राणी उद्यानलाई अन्तर्राष्ट्रियस्तरको जैविक अध्ययन केन्द्र बनाइने भएको छ ।
नेपालमा त्यस्तो जैविक अध्ययन केन्द्र अहिलेसम्म निर्माण भएको छैन । अन्तर्राष्ट्रियस्तरमा भने भारतको चण्डीगढमा यस्तै प्रकृतिको प्राणी उद्यान निर्माण भएको छ ।
उद्यानमा आउने अवलोकनकर्ताले नेपालमा पाइने सबै जनावर र चराचुरुंगीको एकै स्थानमा बसेर सजिलै अध्ययन र अवलोकन गर्न सकिने गरी उद्यानको गुरुयोजना निर्माण गरिएको छ ।
उद्यानमा नेपालमा पाइने सबै प्रजातीका जनावर बाघ, गैंडा, हात्ती, चित्तल, मृग, नीलगाई, गोही, झारल, हुँडार, हाब्रे, बाँदर, अजिंगरलगायत सबै प्रजातीका चरा राखिने छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस