असोज १, काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
देउवाको नीजि सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम आइसोलेसनमा बसेका छन् । सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
देउवाका स्वकीय सचिव भानु देउवाले एक जनाको रिपोर्ट पोजेटिभ आएसँगै सभापति बालुवाटार बैठकमा सहभागी नहुने निश्चित भएको बताए ।उनका अनुसार अहिले देउवाको स्वाब संकलनको तयारी भइरहेको छ ।
देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस