दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ घाईते, दुईको अवस्था गम्भीर (नामसहित)


बैशाख १५, दाङ । दाङको तुलसीपुरमा यात्रुवहाक बस दुर्घटना हुँदा ११ जना यात्रु घाईते भएका छन् । यस्तै दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

तुलसीपुरबाट बिराटनगरका लागि छुटेको ना ५ ख २२३४ नम्बरको यात्रुबहाक बस आईतबार दिउँसो २ बजेतिर तुलसीपुर ६ हात्तीखौवामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा परि तुलसीपुर ५ का ३१ वर्षिय यज्ञ बहादुर बिक, तुलसीपुर १५ का २७ वर्षिय रविकिरण वली,दंगीशरण २ कौवाघारी १९ वर्षिया जमुना ओलि, बबई ३ का सिताराम ओलि,बबई ५ रगैचा बस्ने १२ वर्षिय समिर विक, उनका भाई १० वर्षिय अर्जुन विक, बस सहचालक राप्ती गाउँपालिका ९ का मोहन सेपाईली, घोराही १ का २८ वर्षिय केशवराज पाण्डे, सुनसरी ईनरुवा ३ बस्ने ३५ वर्षिया कमला सुवेदी, मोरङ तकिया गाउँपालिका ५ बस्ने ५३ वर्षिय पबलाल मण्डल र घोराही ४ लक्ष्मीपुर बस्ने ३२ वर्षिया बसन्ता अधिकारी घाईते भएका छन् ।

गम्भीर घाईते मध्ये दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ की २५ बर्षीया बसन्ता अधिकारी र बबई गाउँपालिका वडा नं. ५ निवासी १२ बर्षीय समिर बिक गम्भीर घाईते भएका छन् ।

बसन्ताको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि नेपालगंज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहले जानकारी दिए । यस्तै अर्का गम्भीर घाइते समीरको तुलसीपुर स्थित शाहारा पोलिक्लिनिकमा उपचार भईरहेको शाहाले जानकारी दिए ।

अन्य ९ जना घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि घर फर्कि सकेको बताईएको छ ।

बसमा कम्तिमा १८ जना यात्रु रहेको प्रहरीले बताएको छ । बस चालक भने फरार रहेकाले दुर्घटनाको कारण खुल्न नसकेको ईलाका प्रहारी कार्यालय तुलसीपुरले जनाएको छ ।

१५ बैशाख २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको