नेपाल एरलाइन्सको जहाजमा चरा ठोक्कियो


बैशाख ५, काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजमा बिहीबार बिहान चरा ठोक्किएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरबाट आउँदै गरेको एयरबस ए ३२०–२३३ जहाजको पांग्रामा चरा ठोक्किएको हो ।

९ एन–एकेडब्लु कलसाइनको उक्त जहाज धावनमार्गमा गुडिरहेका बेला पछाडिको पांग्रामा चरा ठोक्किएको थियो । मलेसियाबाट फर्किंदै गरेको उडान नं. आरए ४१६ मा यात्रु भरि थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चरा ठोक्किने समस्या फेरि दोहोरिएको त्रिभुवन विमानस्थल सोतले जनायो । जहाज ठुलो दुर्घटनाबाट जोगिएकाले ग्राउन्डेड गर्नुपर्ने समस्या भने नदेखिएको बताइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बेलाबेलामा जहाजमा चरा ठोक्किने घटना भइरहन्छन् । यसअघि भदौमा पनि क्वालालम्पुरबाटै फर्किने क्रममा निगमको जहाजमा चरा ठोक्किएको थियो ।

५ बैशाख २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको