पत्रकार हमाललाई सोमबार अदालत पेश गर्न सर्वोच्चको आदेश


भदौ २०, काठमाडौं । जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई आउँदो सोमबार अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

हमालकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले पत्रकार हमाललाई सोमबार पक्राउको कारण र बन्दीसहित सोमबार अदालत पेश गर्न आदेश दिएको हो ।

जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य समेत रहेका हमाल समाचार संकलन गर्न गएका बेला कास्कीको सिसुवामा भदौं ६ गते प्रहरीले पक्राउ गरेको थियो ।

यसअघि हमालको गिरफ्तारी गैरकानूनी भएको भन्दै दायर भएको बन्दी प्रत्येक्षीकरण रिटमा सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । तर प्रहरीले सर्वोच्च अदालतको गेटबाटै गिरफ्तार गरेर दुर्व्यवहार सम्बन्धी मुद्दा चलाएको थियो ।

दोस्रोपटक गिरफ्तार गरेपछि जनपत्रकार संगठनकी सदस्य समेत रहेकी हमालकी श्रीमती मोनिका गुरूङले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

२० भाद्र २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको