रोल्पामा जेनजी बिद्रोह बारे नेकपाको अन्तरक्रिया


असोज ९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय निर्णयनुसार रोल्पाका स्थानीयतहमा पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जेनजी बिद्रोह, नयाँ परिस्थिति तथा निकास बिषयमा अन्तरक्रिया गरिरहेको हो ।

नेकपाका विभिन्न पालिकामा भएका अन्तरक्रिया कार्यक्रममा राजनीतिक दल र गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नेकपाले आयोजना गरेको अन्तरक्रियामा बिशेषगरि ६ वटा मुख्य बिषयहरुमा बहस तथा छलफल भएको छ । जसमा जेनजी बिद्रोहको कारण, बिद्रोहको उदेश्य, अन्तरिम सरकारपछी विद्रोहको असफलता, आवश्यकता, चुनाव बारे र पार्टी एकता बारे छलफल चलाईएको थियो ।

जेनजी बिद्रोह, नयाँ परिस्थिति तथा निकास बिषयमा सहभागीहरुले आ-आफ्नो धारणा प्रस्तुत गरेका छन । जेनजी बिद्रोह एक ऐतिहासिक भएतापनि असफल भएको नेकपाको निस्कर्ष रहेको छ । बिद्रोहको सारतत्व परिवर्तन नभएर अन्तर्राष्ट्रिय शक्तिको समेत चलखेल भएको नेकपाले दावी गरेको छ ।

पुर्वी रोल्पाको रोल्पा नगरपालिकाको लिवाङमा, सुनिल स्मृतिको सुलिचौर र सुनछहरी गाउँपालिकाको पोवाङमा नेकपा पोलिटब्युरो सदस्य संजीव सी र रोल्पा जिल्ला इन्चार्ज असिना सीको उपस्थिति रहेको थियो ।

त्यसैगरी पश्चिम रोल्पाको गंगादेव गाउँपालिकाको सुखाओढार, त्रिबेणी गाउँपालिकाको जुँगारमा नेकपा पोलिटब्युरो सदस्य आदर्श सी र रोल्पा जिल्ला सेक्रेटरी पृथ्वी सीको उपस्थिति रहेको थियो । परिवर्तन गाउँपालिकामा १० गते र माडी गाउँपालिकामा ११ गते अन्तरक्रिया कार्यक्रम हुने रोल्पा जिल्ला सेक्रेटरी पृथ्वी सीले पोस्टपाटीलाई जानकारी दिएका छन ।

हेर्नुहोस विभिन्न ठाँउमा भएका कार्यक्रमका दृश्यहरु

८ आश्विन २०८२, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको