९ दिने साहसिक पदयात्रा: टकसेरादेखि रंगिन तालसम्म (फोटोफिचर)


असोज ५, रुकुमपूर्व । रुकुमपूर्वको टकसेरा कम्युनिटी होमस्टेबाट सुरु भएको ९ दिने साहसिक पदयात्रा सफलतापूर्वक सम्पन्न भएको छ । यस यात्राले केवल पदयात्रा मात्र नभई प्रकृति र मानवीय सद्भावको अद्भुत अनुभव दिएको सहभागीहरूले बताएका छन् ।

पदयात्रा पहिलो दिन तकसेराबाट सुरु भई दोस्रो दिन मैकोट, तेस्रो दिन दूले र पिदी हुँदै चौथो तथा पाँचौं दिन रंगिन तालको बेसक्याम पुगेको थियो। त्यसपछि छैठौं दिन पुनः दूले, सातौं दिन पेलमा, आठौं दिन तातोपानी र अन्तिम अर्थात् नवौं दिन हुकाम हुँदै तकसेरा फर्किएको कार्यक्रम थियो ।

यस यात्रामा विकास पुन, ढकाल बिक, सुरबिन्द्र कुमार पुन, मिलन मगर, आषिष पुन, जुनकुमारी रोका, अमृता, सर्मिला, वडा नम्बर १ का अध्यक्ष वीरमान कामी, पिदीका स्थानीय व्यवसायी लगायत अन्य धेरै  यात्रुहरूको उल्लेखनीय साथ, सहयोग र मायाले यात्रा सफल र अविस्मरणीय बनेको आयोजकहरूले बताएका छन् ।

हिमालको शिर, हरियालीले ढाकिएका पहाड, तलतिरका बुकिहरू, गोठालोका रमाइला स्वरहरूले यात्राको हरेक पाइला विशेष बनेको सहभागीहरूले स्मरण गरेका छन्।

टकसेरा कम्युनिटी होमस्टेले यात्रामा साथ दिने सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै उज्यालो भविष्य, प्रगति र निरन्तर खुशीको शुभकामना व्यक्त गरेको छ।

४ आश्विन २०८२, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको