जिल्ला ट्राफिक कार्यालय दाङमा भौतिक सामग्री सहयोग


असोज ३, दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङलाई विभिन्न संघ–संस्था र व्यक्तिहरूको सहयोगमा भौतिक सामग्री प्रदान गरिएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ट्राफिक कार्यालयमा भएको तोडफोड र आगजनीले सम्पूर्ण भौतिक सामग्री जलेर नष्ट भएपछि कार्यालय पुनः सञ्चालनमा ल्याउन एच. आर. मिडिया हाउस प्रालिको पहलमा सहयोग गरिएको थियो । सहयोगस्वरूप कार्यालयलाई दुईवटा दराज, सोफा सेट, दुईवटा टेबल, पाँच थान कुर्सी लगायत करिब डेढ एक लाख बढी रकमको सामग्री प्रदान गरिएको हो ।

सहयोगीहरूमा हनुमान इट्टा उद्योगका सञ्चालक मोहन घर्ती, जसले करिब ८० हजार रुपैयाँभन्दा बढीको सामग्री सहयोग गरेका छन् । त्यस्तै, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, ग्लोबल ओरियन्स नेपाल प्रालि दाङ बिक्री केन्द्र र एच. आर. मिडिया हाउस प्रा.लि. ले पनि आवश्यक सामग्री सहयोग गरेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हालको विषम परिस्थितिमा मुलुक र समाजलाई पुरानै अवस्थामा फर्काउन र अगाडि बढाउन हामी सबैको भूमिका रहेको बताए । साथै ट्राफिक कार्यालय छेदविक्षेदको अवस्थामा रहेको भन्दै दशैं मिलन जस्ता कार्यक्रम नगरी सहयोगमा जुट्न सबैलाई आग्रह गरेका छन् ।

त्यस्तै महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले पत्रकारले समाचार र सूचना संकलन मात्र नगरी सामाजिक कार्यमा लाग्नुपर्ने बताए । विगतका दिनहरूमा एच. आर. मिडिया हाउसले विभिन्न सामाजिक कार्य गर्दै आएको र अहिले पनि मिडिया हाउसको पहलमा सामग्रीहरू सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । सहयोग गरिएको सामग्रीबाट कार्यालयमा काम गर्न सहज हुने र ट्राफिक प्रहरी बाहिर निस्कदा आत्मबल बलियो हुने वातावरण बन्ने विश्वास व्यक्त गरेका थिए ।

त्यस्तै एच. आर. मिडिया हाउस प्रालीका प्रबन्धक तथा सामग्री सहयोगका पहलकर्ता एच. आर. मगरले जिन्जीको आन्दोलनका क्रममा तोडफोड र आगजनी भई ट्राफिक कार्यालयमा धेरै क्षति पुगेको जानकारी पाएपछि तुलसीपुर क्षेत्रका विभिन्न व्यवसायीहरूलाई सम्पर्क गरी सहयोग जुटाएको बताए ।

त्यस्तै मिडिया हाउसले समाचार मात्र नभई सामाजिक कार्यमा पनि संलग्न हुन आग्रह गरे । ट्राफिक कार्यालयका प्रमुख ओपेन्द्रबहादुर बमले सहयोगप्रति आभार व्यक्त गरेका थिए । त्यस्तै कार्यालयमा कम्प्युटर र प्रिन्टरको अतिआवश्यक रहेको र सहयोगको अपेक्षा गरिएको छ ।

२ आश्विन २०८२, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको