पृथीछक बुढा मगर, दाङ ।
मगर समुदायको बहुचर्चित अनलाइन फेसबुक समूह मगर संसार (Magar Sansar) Photo Gallery ले शैक्षिक सत्र २०८१ को SEE परीक्षामा सरकारी विद्यालयबाट ४ GPA ल्याउने दाङका टोप बहादुर पुन मगरलाई सम्मान गरेको छ।
गुरु जजुर मा.वि. दाङ (सरकारी विद्यालय) बाट ४ GPA हासिल गरी उत्तीर्ण भएका पुन दाङको बबई गाउँपालिका–७, चकरमटिया निवासी हुन्। उनका पिता लिलाधर पुन मगर र आमा सीता पुन मगर हुन्।
मगर संसारले यसअघि नै घोषणा गरेअनुसार, देशभरका सरकारी विद्यालयबाट ४ GPA ल्याउने मगर विद्यार्थीलाई सम्मान गर्ने अभियान सञ्चालन गरेको छ। समूहका संस्थापक अध्यक्ष अनिल लामिछाने मगरका अनुसार, यस पटकको सम्मान मगर संसारको टोली प्रत्यक्ष उपस्थित हुन नसकेकाले विद्यालयका प्रिन्सिपल विष्णु केशी, अध्यक्ष तथा सदस्यहरूको उपस्थितिमा हस्तान्तरण गरिएको हो।
संस्थाले सबै मगर विद्यार्थीलाई प्रोत्साहित गर्दै भनेको छ –
“यदि तपाईँको गाउँ–ठाउँमा कुनै विद्यार्थीले सरकारी विद्यालयबाट ४ GPA ल्याउनुभएको छ भने कृपया मगर संसार टीमलाई खबर गरी सहयोग गर्नुहोस्। सम्मान सबैमा समान रूपमा पुग्नुपर्छ भन्ने हाम्रो अभियानले निरन्तरता पाओस्।”
प्रतिक्रिया दिनुहोस