सुनको मूल्य ह्वात्तै बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


असोज ७, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला तीन हजार नौ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

संघका अनुसार सोमबार दुई लाख १७ हजार ८ सय रूपैयाँमा कारोबार सुन मंगलबार दुई लाख २१ हजार ७ सय रूपैयाँ पुगेको छ। 

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला ३० रूपैयाँले बढेको छ। 

सोमबार प्रतितोला २६ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार २६ सय ८० रूपैयाँ पुगेको छ। 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३७ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

६ आश्विन २०८२, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको