सुनछहरीमा बजार अनुगमन: म्याद सकिएका वस्तुदेखि दर्ता बिनाका पसल संचालन फेला


असोज २२, रोल्पा । सुनछहरी गाउँपालिका रोल्पाले चाडपर्व लक्षित बजार अनुगमन गरेको छ।

गाउँपालिकाकाे बजार अनुगमन समितिद्धारा २४ हजार ६ सय २६ रुपैयाँ बराबरको अखाद्य म्याद सकिएको सामाग्रीको नष्ट गरिएको छ । गाउँपालिकामा संचालित विभिन्न पसल तथा खाजानास्ता पसलहरु अनुगमन गरि उक्त रकम बराबरको अखाद्य म्याद सकिएको सामाग्रीहरु नष्ट गरिएको बजार अनुगमन समिति संयोजक गुमानसिंह बिष्टले बताए।

बजार अनुगमन समितिले म्याद सकिएको रम्बा चाउचाउ, चकलेट, चिसो डिउ, बिस्कुट, बल्गम, कुरमुरे, खानेतेल, आता, सुजी पिठो अन्य विभिन्न प्याकिङवाला मिठाईहरु लगाएत अनुगमन गरिएका विभिन्न पसलहरुबाट नियन्त्रण गरि नष्ट गरेको हो ।

पसललेहरुले सामान खरिद गर्दा प्यानबिल मार्फत नगरि स्तिमेट बिलमार्फत गरेको भेटिएको छ । रोल्पाको मुख्य ब्यापारीक केन्द्र सुलिचौरबाट सामाग्री खरिद गर्दा नै अधिकांश ब्यापारीले प्यानबिल नदिएर स्टिमेट बिल दिएको भेटिएको छ । मुख्य ब्यापारीक केन्द्र सुलिचौरदेखि नै गाउँ गाउँमा म्याद सकिएको सामान पठाउने गरिएको समेत भेटिएको छ । जैमाकसलाको एक ब्यापारीले अघिल्लो दिन सुलिचौरको एक पसलमा खरिद गरेको सामान चेकजाँच गर्दा ६ महिना अगाडी म्याद सकिएको समेत भेटिएको छ । यसरी कारोबार गर्दा प्यानबिल नगर्नु र गाउँ गाउँमा म्याद गुज्रिएका सामान र रङगिन जङफुडहरु नियन्त्रणको लागि स्थानिय सरकार तथा प्रहरीहरुले मोटर बाटोमा चेकजाँच गरि कडा गर्नुपर्ने फगामका स्थानिय खुमबहादुर रोकाले बताए।

बिद्यालय वरिपरि बढी मात्रमा म्याद गुज्रिएका रङिन जङफुड भेटिएको छ । स्युरीको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय फगामको बिद्यालयहरु र जैमाकसलाको बिद्यालयहरु वरिपरी त्यस्ता रङगिन जङफुटहरुको जफट गरि नष्ट गरिएको अनुगमन समिति सदस्य नवराज रोका क्षेत्री बताए। यसरी बिद्यालय वरिपरी रङगिन तथा प्याकिङवाला म्याद गुज्रिएका सामान बिक्री गर्दा बालबच्चाहरुलाई असर पुर्याउने हुदाँ तत्काल रोक लगाउनु पर्ने नवचेतना आधारभूत बिद्यालय माबाङका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष सागर बिकले बताए ।

फुटफाट र मोटरसाइकलमा गाउँ गाउँ आएर बिक्री वितरण गर्नेहरुको सामानहरु खरिद गर्दा कमसल र म्याद सकिएका सामानहरु बढी भेटिएका छन् । जैमाकसलाका एक पसले भने हामी म्याद हेर्न जान्दैनौ त्यही भएर होला मोटरसाइकल तथा फुटफाटमा बिक्री गर्न आउनेहरुले कमसल समान र म्याद सकिएका सामानहरु दिएर ठगिरहेको बताए।

शनिबारदेखि सुरु गरि सोमबार सम्म गाउँपालिकाको सिउरी फगाम र जैमाकसलामा गरि ६५ वटा पसल व्यवसायीहरु अनुगमन गरिएको थियो । गाउँपालिकाको ४ नम्बर वडा सिउरीमा १७ वटा पसलहरुमा गरेको अनुगमनमा गाउँपालिकामा दर्ता नभएका ४ वटा नविकरण नभएका १२ वटा भने ८ वटा पसलमा स्थायी लेखा नम्बर भएको र दर्ता नविकरण १ वटा मात्र भेटिएको छ । त्यस्तै ६ नम्बर वडा फगाममा २५ वटा पसल अनुगमन गरिएकोमा १० वटा पसल दर्ता नभएका १० नविकरण नभएका १५ वटा र स्थायी लेखा नम्बर लिएका ४ वटा पसल व्यवसायहरु रहेका छन् भने ५ नम्बर वडा जैमाकसलामा २३ वटा पसल अनुगमन गरिएकोमा दर्ता नभएका ८ वटा नविकरण नभएका ९ वटा दर्ता नविकरण दुवै भएका ६ वटा र स्थायी लेखा नम्बर १० वटा पसल व्यवसायीहरुको रहेको पाइएकाे छ।

अनुगमन समितिले पसलहरुमा साइनबोर्ड दर्ता नविकरण भएको नभएको मुल्यसूचि अनुसार कारोबार भए नभएको नापतौलको लेभलमा खुलाउनुपर्ने कुराहरु स्पष्ट उल्लेख भए नभएको स्थायी लेखा नम्बर भए नभएको सरसफाई लगाएत हेरिएको अनुगमन समितिका सदस्य तथा गाउँपालिका राजश्व संकलन शाखा संयोजक नवराज रोकाले बताए। साथै पहिलो चरणमा अनुगमन गरिएकाले सल्लाहसुझाव समेत दिइएको दोस्रो चरणमा अनुगमन गर्दा नियमअनुसार गरेको नदेखिएमा थप प्रक्रिया बढाइने समेत उनले बताए।

२२ आश्विन २०८१, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको