आमाको गोठालो जिवनलाई स्मरण गर्दै यसरि भाबुक भए ‘खबपू’, गरे खास खुलासा [भिडियो अन्तर्वार्ता]


जन्मिएको सातामै बाबाले सौतेनी आमा थप्नु, एउटा अभिभाबकले आमा र छोरालाई छोडेर भारत पस्नु, आमाले गोठमा एकलै छोरा हुर्काउनु, सौता पसेपछि माइतिघरले छोरीलाई छुटाएर फर्काउन खोज्दा सामाजिक मान्यता अनुसार छोरा छोडेर आउनु पर्ने दर्दनाक अबस्था आइलाग्दा, एउटी आमा बरु सौता स्वीकारर्दै छोराको मुख हेरेर घरबार सम्हाल्ने ति दुखि आमाको त्यो कथा निकै भयानक र पिडादायी छ ।

हिमाल पहाड तराइमा मानव जिबनका यस्ता कथाहरु अनगिन्ति छन् तर हरेक बाधा अर्चनहरुलाई छिचोल्दै सफलताको शिखरमा चढ्नेहरुका कथाहरु ओकलिने अबसर पाउछन । अनकन्टार जिबनको त्यो कहाँली लाग्दो खबपूकि आमाको गोठालो जिबनको कथा सुनाउने अबसर कमेडी च्यम्पिएनले प्रदान गर्यो ! यस अर्थमा खबपुका दुखद अतितले फर्काएको अहोभाग्य हो ।

जित नै सब थोक होइन । हार पनि जिन्दगीको सफलता हो । हारले नै जित्न सिकाउछ । जिन्दगीका धेरै हारबाट आज जित पछ्याई रहेक छन् खबपू । धेरै कुरा जिती सकेका छन् शिवाय ट्रफी । उनले ट्रफी जित्लान वा नजित्लान धेरै नेपालीहरुको मन जितेका छन् । तिनै मनहरुले खबपुलाई जिताउने छन् ।

खवपुलाई भोट गर्न नेपालबाट Esewa को App Download गरेर भोट गर्न सकिन्छ भने विदेशबाट Comedy Chempion को App Download गरेर भोट गर्ने सकिने छ ।

सबैको मन रुवाउने रोल्पाका अर्गानिक कमेडियन ‘खबपु चन्चल’को मार्मिक जीवन कथा [भिडियो]

जिबन संघर्षका वास्तविक भोगाईहरुलाई कमेडीमार्फत उजागर गर्दै खबपुले जगत हसाइ रहेका छन । निराशाको खाडलमा डुबुल्की मारीरहेका नेपाली नागरिकहरुलाई हसाउन खबपुका तिता अतितहरु यतिबेला कमेडी च्याम्पिएनमा मसला बनिरहेका छन ।

उनले पस्किने अर्गानिक प्रस्तुतिहरु प्राय आफ्नै जीवनका यथार्थ भोगाईहरु हुन ।

विर्सनै नसकिने उनका अतितले यतिखेर बर्तमानमा टेकेर उज्यालो भबिस्य खोज्दै छन । तिनै खडग बहादुर पुन ‘खबपु’को अतित यसरी सुरु हुन्छ ।

रोल्पा जिल्ला सुन्छहारी गाउँपालिका -७ जेल्बाङ खिबाङमा हो खडग बहादुर पुनको घर । आमा खिन्ताश्री पुनको कोखबाट २०४७ साल माघ ४ गते उन्को जन्म भयो ।

एकवर्ष नपुग्दै बाबा सौतेनी आमा लिएर कालापार हिडेपछि आमा एकलै भईन । आम खिन्ताश्री पुन मगरले छोरा खडग बहादुर पुनको मुख हेरेर एकलै गोठमा धेरै वर्षहरु बिताइन । आमाले खडकलाई काखीमा च्यापेर भेडी गोठमा कैयौ रातहरु एक्लै गुजारिइन ।

सायद, बाबासँग बाध्यात्मक परिवन्ध थियो होला, अनारी अवस्थामै छोडेर हिंडेका बा’सँग खडग को ११ बर्षपछी भेट भयो ।

जन्मदिने आमाको सहारामा उनले गाउँ नजिकै रहेको राष्ट्रिय प्रावि ल्याबाङमा ३ कक्षासम्म पढे । ४ कक्षा देखि ७ सम्म रोलबाङ निमाविमा अध्यन गरे, हाल उक्त बिद्यालय उच्च माबि भएको छ । स्कुल पुग्न घरदेखि २ घण्टा लाग्थ्यो ।

७ कक्षा पास गरेपछि खडग बहादुर सुलिचौर झरे । सुलिचौर रोल्पाको व्यापारिक केन्द्र मानिन्छ, त्यतिखेर उन्को घरदेखी बिहानै हिंडेपछी साँझ सुलिचौर पुगिन्थ्यो । उनि सुलिचौर झर्दा त्यति राम्रो नेपाली भाषा बोल्न जान्दैन्थे ।

स्मरणहोस्, उनकी आमा अहिले पनि नेपाली भाषा बुझ्न र बोल्न जान्दैनन् । शुद्द खामभाषा मात्रै आउछ।

सुलिचौरको बसाई आफ्नै खुट्टामा उभिनु थियो । त्यहाँ उनले मुस्किलले साहुको घरमा काम पाएर, कामगर्दै पढे । धागो, भांग्रो खरिद बिक्रि गर्ने एकजना उवाका टेक बहादुर साहु थिए, त्यसैगरी घुस्बाङ्गे लाहुरे र जलजला गेष्ट हाउसमा समेत काम गरे ।

उनले खोलाको बगरमा ३०/४० वटा बंगुर हेर्नु पर्थ्यो । बिहान होटेल-होटेलमा पुगेर रक्सि पारेको फाँदे र बचेको खाना जुठो-पुरो जम्मागरेर सुँगुरलाई चारो जुटाइ दिन्थे र मिझिङको उकालो लाग्थे । मिझिङमा रहेको स्कुल पुग्न एक घण्टा लाग्थ्यो ।

अहिले घरमा एउटा भाई छन्, दुई बहिनीहरु छन्, उनीहरु सबै गाउँमै पढ्दै छन् । खबपुले उनीहरुको पनि रेखदेख गरिरहेका छन् । बाबाआमा पनि सँगै छन ।

आफ्नै उचाइले धोका दिएपछी

आफ्ना साथीभाईहरु लाहुरे हुन लाम लागेपछि उनि पनि लहलहैमा लाउरे हुन् नेपालगंज पुगे । इण्डियन लाहुरे हुन ५.२ फिट उचाइ हुनुपर्छ भन्ने कुरा खबपूलाई थाहा थिएन । उनलाई नेपालगंजबाटै उचाइ नपुगेको भन्दै गल्लाले फर्काइ दियो, त्यस्पछी उनी जिल्लिएर फर्किए ।

उनको होचो र सानो कद हुँदा हेपाई धेरै भोगे । सानो मान्छे भनेर उनलाई जागिर मिलेन । प्लस टु पढ्दा समेत उनले घरायसी कामबाहेक अन्य अफिसियल जागिर पाएनन ।

जागिरका लागि सबै प्रक्रियामा पास भएर पनि अन्तिममा आफु होचो हुनुको कारण जागिर नपाएको तितो अनुभव छ उनीसंग । गरिबी निवारण संस्थामा सामाजिक परिचालकको जागिर खुलेको थियो । त्यहाँ जागिरका लागि शैक्षिक योग्यता देखी अन्तर्वार्तामा समेत पास गरे, तर अन्तिममा यो मान्छे सानो छ, फिल्डमा काम गर्न सक्दैन भनेर फर्काइदिए । उमेरको हदबन्दीले नभई शरीरको स्ट्रक्चरको कारण उनले जब पाएनन ।

पछि उनले जिविससंग जोडिएर करिब एकबर्ष काम गरे तर कलाकारिताकै कारण जबबाट हातधुन पुगे । खासगरी सानै देखि कलाकारिता तिर उनको रुचि थियो । बाँच्नकै लागि जागिरमा जोडिनुपर्ने बाध्यता थियो । जब उनले जिविसमा काम गर्थे त्यतिबेला एलडियोले उनलाई हकारे । ७१ सालतिर लिबाङ टुडिखेलमा एलडियो प्रमुख अतिथि भएको कार्यक्रममा खबपूले कल्चर डान्स प्रस्तुत गरे ।

भोलिपल्ट बिहान अफिसमा पुग्नासाथ एलडियो हिरालाल रेग्मीले थर्काएपछि उनले जागिरबाट राजिनामा दिए । त्यसपछि उनले ऋणधाम गरेर लिबाङबजारमै ‘सम्झौता पुस्तक तथा संगीत घर’ संचालनमा ल्याए ।

पत्रमित्रताले जोडेको बैबाहिक जिबन

पत्रमित्रताको समय हराएको धेरै भएको छैन । पढ्ने बेलामा पत्रमित्रताको लहर चलेको थियो । त्यतिबेला उन्को हातमा मोबाइल पनि थिएन । प्युठानमा एउटा कमर्सियल एफएम ‘रेडियो माण्डपी’ भन्ने खुलेको थियो । माण्डपी एफएमबाट एउटा ‘हेलो साथी’ कार्यक्रम प्रसारण हुन्थ्यो । उक्त कार्यक्रममा प्युठान संगैका छिमेकी जिल्ला, अर्घाखाँची, दाङ्ग, रोल्पा प्युठानका युवा युवतीहरुले हेलो साथीमा पत्र पठाउथे ।

त्यतिबेला पत्रमित्रतामा खडग बहादुरलाई खासै चासो थिएन । उनको बच्चै देखिको साथि बिष्णु सन्यासीले (उन्ले कबिता, गित, गजलहरु लेख्छन), हेलो साथी कार्यक्रमबाट ५ जना केटी साथीहरुको नाम टिपेर ल्याए छन् । त्यस मध्यबाट दुई जनाको नाम खडकलाई दिए र ३ जनाको नाममा सन्यासीले पत्र पठाए ।

बिष्णु सन्यासीको हात्ते लेखन अक्षर त्यति राम्रो थिएन । खडक बहादुरको लेखन राम्रो थियो । सन्यासीको शब्द छनौट र शैली सारै राम्रो थियो, साहित्यिक र भावमय थियो । यसरि शैली मिलाएर लेख्न खडगलाइ उति सारो आउदैनथ्यो । त्यसैले पत्र लेखनको निर्देशन सन्यासीले गर्थे र खडकले ह्याण्ड राईटिङ्ग गरेर, पाँच वटा पत्र तयारि पारि एकैसाथ पठाएका थिए ।

जसमध्यबाट खडग बहादुर पुनलाई अर्घाखाँची गोखुङ्गा, सेपानी गाउँकि दिल्माया पुनको रिप्लाई आयो । त्यसपछि उनीहरु बीच पत्रमित्रताले निरन्तरता पायो ।

प्युठानको बिजुवारमा एउटा महोत्सव हुने भएपछी दिपाले निमन्त्रणा गरिन । त्यतिखेर दिल्मायाले महोत्सबमा लोकदोहोरी प्रतियोगितामा भाग लिएकी थिइन् । खडग र दिल्मायाको पहिलो पटक भेट त्यही भयो । खबपु चंचलको नजरमा दिल्माया पुन निकै सुन्दरी लागिन । सायद खडग पनि दिल्मायाको नजरमा परे ।

त्यसरी उनीहरुको पत्रमित्रताको साइनोलाई बिकसित प्रबिधीले अझै नजिक बनाउदै गयो । फोन, फेसबुक, भाइबरमा उनीहरुको मित्रता झाङ्गिदै गयो ।

७२ सालको बैशाख १२ गते देशमा महा भुकुम्प गयो । भुकम्प गएको ५ दिन पछि १७ गते खडग र दिल्मायाको बैबाहिक जिबनमा बाँधीए ।

कसरी रह्यो उन्को नाम ‘खबपु चन्चल’

जिन्दगीका दु:खद पलहरुले उनलाई साहित्यतिर डोर्यायो । साहित्यले उनको नाम ‘खबपू चंचल’ दियो । खडग बहादुर पुनले १२ कक्ष पास गरिसकेका थिए । उन्का साथीहरु प्रकाश रोका मगर, बिष्णु सन्यासी र आफुले घोराहीमा बस्दा १०-१० वटा गजल तयार गरे, त्यस्पछी ‘सपना र संकल्प’ भन्ने पुस्तक प्रकाशन गरे ।

उक्त पुस्तकमा उनले आफ्नो नाम छोटकरीमा गजलकार ‘खबपू चंचल’ राखे । उनले गजल संग्रहबाट आफ्नो छोटकरी नामको स्थापना गरे ।

उनका नजिकका एकजना जिग्री लोकेन्द्र सेन (हाल जलजला एफएममा कार्यरत छन, उनि हाँस्से कलाकार पनि हुन्) संग ‘चोकमा उभिएका नयन’ गजल संग्रह प्रकासित गरे । जसमा ५०-५० वटागरि सय गजलहरु संग्रहित थिए ।

त्यसपछि उनको नाम जिल्लाका साहित्यिक कार्यक्रमहरुमा भेटिन थाल्यो तर उनको नाम ‘खबपू चंचल’मा प्रचलित भयो । रेडियोमा आर्जे हुँदा पनि ‘खबपू चंचल’ भनेर सुन्निन थाल्यो ।

खबपू चंचललाई साहित्यकार तथा कलाकार बनाएर उभ्याउन आफ्नै ‘सम्झौता पुस्तक तथा संगीत घर’ले सहायता दियो ।

पत्रकारितामा पनि चासो राख्ने खबपुले पत्रकार नबिन दाहाल, नबराज लम्साल, प्रेम बाँनियाहरुबाट साप्ताहिक प्रत्रकारिता तालिम हाँसिल गरेका छन् । उनले रोल्पा रेडियोमा मगर भाषाको कार्यक्रम तयार गर्थे । त्यसभित्र नाटक र रिपोर्टिङ्ग गर्ने काम गर्थे । उनले तयार पारेको सामग्री राप्ति अञ्चलका (५ वटा जिल्ला)हरुबाट प्रसारण हुन्थ्यो ।

त्यसपछि मालाश्री एफएममा करिव एकबर्ष साहित्यिक कार्यक्रम ‘गजल साँझ’ चलाएका थिए ।

२०७६ फाल्गुन २८,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको