बर्षा याममा स्वस्थको हेरचाह कसरी गर्ने ? थाहा पाउनुस १५ टिप्सहरु


वर्षा मौसम रमाइलो र रोमाञ्चक त हुन्छ तर यो मौसममा लापरबाही गर्ने हो भने बिरामी हुने सम्भावना पनि उत्तिकै रहन्छ । अत: आफ्नो स्वास्थ्यका बारेमा सजग रहनु आवश्यक छ ।

– हाइड्रेटेड रहनुपर्छ । वर्षा छ, चिसोपन बढेको छ, गर्मी कम भएको छ, अत: त्यति पानी पिउनु आवश्यक छैन भन्ने सोच गलत हुन्छ । मनसुनमा वातावरणमा आद्रता बढेर पसिना चाँडै सुक्दैन । त्यसकारण शरीरबाट गर्मी निस्कन पाउँदैन । अत: पानी प्रशस्त मात्रामा पिउनुपर्छ । पानीको विकल्पमा अदुवा–चिया, ग्रिन टी अथवा हर्बल टी पनि पिउन सकिन्छ ।

– वर्षामा पानीबाट उब्जने रोगको प्रकोप सबैभन्दा बढी हुन्छ । पानी सधै उमालेर चिसो भएपछि वा प्युरिफाइ गरेर मात्र पिउनुपर्छ ।

– पानीका साथै भोजनबाट पनि ब्याक्टेरियल इन्फेक्सनको सम्भावना हुन्छ । त्यसैले खानपानमा पनि विशेष ध्यान पुर्‍याउनुपर्छ । सफा र पूर्णरूपले पाकेको भोजन मात्र खानुपर्छ ।

– मनसुनमा पाचन क्रिया केही सुस्त हुन्छ । अत: अत्यधिक भोजनबाट जोगिनु उपयुक्त हुन्छ ।

– खानपानको ख्याल नराख्दा पेटमा इन्फेक्सन, हैजा, झाडापखाला, जन्डिस आदिको सम्भावना बढ्छ ।

– करेला, तीतो हर्बल, निम तथा बेसारमा एन्टिअक्सिडेन्ट्स हुन्छ र यिनमा औषधीय गुण पनि हुन्छ । यस्ता कुराको सेवनले संक्रमणबाट जोगाउँछ ।

– चेरी, केरा, अनार, आलुबखडा, लिची, नासपाती आदि फल तथा गाजर, मुला, मेथी आदिलाई आफ्नो नियमित डाइटमा समावेश गर्नुपर्छ ।

– खुर्सानी, हिङ, बेसार र धनियाँजस्ता मसलाले रोगप्रतिरोधक क्षमता बढाउनुका साथै पाचन क्रियालाई पनि राम्रो बनाउँछन् ।

– सबै फल एवं तरकारीलाई राम्रोसँग सफा गरेपछि तथा हरियो सागपात र काउलीलाई उमालेपछि मात्र
प्रयोग गर्नुपर्छ ।

– बासी खानाको सेवनबाट जोगिँदै ताजा सुप सेवन गरे पाचन क्रिया सन्तुलित रहन्छ ।

– स्ट्रिट फुड र बाहिर पाइने फ्रुट सलाद सकेसम्म खानु हुँदैन । यो समयमा झिँगा तथा लामखुट्टेको समस्या वृद्धि हुन्छ जसले खानालाई दूषित बनाउँछ । सडकमा पाइने खाद्यपदार्थ फुड प्वाइजनिङको सबैभन्दा ठूलो कारण हुन्छ ।

–  जौ, ब्राउन राइस एवं ओट्स हल्का हु्नुका साथै पचाउन पनि सहज हुन्छन् ।

– डेरी प्रोडक्ट पनि कमै प्रयोग गर्नुपर्छ । यिनबाट पनि इन्फेक्सनको सम्भावना वृद्धि हुन्छ ।

– दूधका साथै दही प्रयोग गर्न सकिन्छ ।

– माछा र प्रोन्स खानबाट पनि जोगिनुपर्छ, कारण यो ब्रिडिङ सिजन हो, जसबाट पेटमा संक्रमणको जोखिम वृद्धि हुन्छ ।

स्रोत: नारी 

२० श्रावण २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको