शिक्षामा अर्को अपराध


-किरण प्रकाश बिसी

पार्टीको सदस्यता लिए बापत अस्थाइ शिक्षक नियुक्त गर्ने अनि शिक्षक सेवा आयुगमा आन्तरिकबाट ७०% न्युक्ति (माओवादि), ७५% (कांग्रेस), ८०% आन्तरिक प्रतिस्पर्धाबाट हुनुपर्यो भन्ने बिध्येकमा (ऐमाले)ले लबिङ गरे। अन्तमा सबै सेटिगं मिलायर ६०% पद अस्थाइ शिक्षक बाट नियुक्ति बिधेक पेश गरे । यदि यो बिधेक पास भयो भने अब १०० जनामा ६० जना पुरानै शिक्षक अथवा अस्थाइ शिक्षक बाटै पदपुर्ति गर्ने नौटंकि बिज्ञापन मात्र गरिने छ।

०६१ साल साउन २२ गते देखि २०७३ असार १५ सम्मका अस्थायी शिक्षकलाई यो प्रावधान लागू हुने छ । यसअघि २०६१ साउन २२ देखि ०६७ माघ ९ सम्म नियुक्ति पाएका अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउने र ०६७ माघ १० देखि ०७३ चैत १९ सम्म नियुक्त भएका दरबन्दीमध्ये ६० प्रतिशत आन्तरिकबाटै र ४० प्रतिशत मात्रै खुलाबाट प्रतिस्पर्धा हुने प्रस्ताव थियो । एक पटक मौका दिए पनि पटक पटक त्यहि निर्णय किन ?

अस्थाइ शिक्षकको माग सम्बोधन गर्ने नाऊमा स्थाइ शिक्षक पदपुर्तिको लागि खुल्ला र आन्तरिक बिज्ञापनमा गरियको माथिको सिफारिस नेपालको शिक्षा प्रणालिको लागी एऊटा दिर्घकालिन अपराध हो। गुणस्तरिय शिक्षा दिन नसकेको यो बेलामा अब ऊहि रौ फुलेका, पढाऊन पटक्कै जोस जाँगर नभयर कुनामा थन्केका तर बाच्ने अरु बिकल्प निकाल्न नसक्ने बुढाहरुका हातमा शिक्षाको बम्पर ऊपहार जाने निश्चित देखिन्छ।

देशका ऊर्जावान युवाहरुलाइ प्रतिस्पर्धाबाट बाहिर राखेर पार्टिको झन्डा बोकेर जागिर भित्र छिरेका अस्थाई शिक्षक, जागिरले अटस मटस भयर जिन्दगी गुजारिरहेका अयोग्य, असफल, असक्षम र अल्क्षि शिक्षकलाइ प्याब्सन/एन प्याब्सनका केहि शिक्षक नेताको माग सम्बोधन गरि ल्याइएको बिध्यको बिरोध नगरेर मौन समर्थन गर्ने बिध्यार्थि लिडर नविना लामा, रन्जित तामागं, नैन सिह महरा मुर्दावाद।

 

देशका कुल १ लाख ३० हजार शिक्षक मध्य केबल २५/३० हजार मात्र आन्तरिक प्रतिस्पर्धाबाट आएको सबैलाइ अबगत नै छ । पुरै देशमा मुख्य बिषयमा ६०% बिध्यार्थि कमजोर भयको तथ्यांकले देखाऊछ। यो कमजोरिको सबै कारण बिध्यर्थि मात्र होईनन, शिक्षक पनि एऊटा मुख्य कारण हुन। बर्षको लाखौ तलव बुझ्ने गरिब देशका अल्छि शिक्षकले कपडा देखि भत्ता सम्म सरकारबाट बुझेको सबैलाई सर्वविदितै छ।

झोलामा कार्यालय बोकेर हिड्ने तर बार्षिक प्रतिबेदन पेश गर्दा ऊतकृष्ट कला प्रयोग गरेर पास गराऊने नेपालका बहुसंख्यक शिक्षकको समय पार्टिको चुनाव प्रचार प्रसारमा ब्यतित भएको देखिन्छ। पार्टिका आमसभामा आफु अनुकुल नेताको पक्षमा मास जुटाऊने अनि नेता ठाऊमा पुगेपछि अस्थाइ शिक्षकमा न्युक्तिको चाजोबाजो मिलायर बिध्यालय भित्र छिर्ने र छिराऊने , अनि शिक्षण र राजनिति पेशालाइ संग संगै अगाढि बढाएर अन्तत अस्थाइ शिक्षकको माग सम्बोधन हुनुपर्छ भन्ने अड्डि कस्ने नेपालका अल्छि र ठग शिक्षकलाइ शिक्षक आयुगको प्रतिस्पर्धाबाट घोक्रे ठ्याक लगायर ऊसलाइ मनपर्ने पार्टिको झण्डा बोक्ने अबसर तिर धकेलिदिएको भए सुनमा सुगन्ध हुनेथियो।

तर अपसोच…,

ऐमाले ,कांग्रेस र माओवादीका केहि सिमित दलालको लविगंमा लागेर सबै पार्टिले २०/२५% मात्र खुल्ला बिज्ञापन गरिनु पर्छ भनेर आन्तरिक सहमति गरे। ६०% आन्तरिक प्रतिस्पर्धाबाट नियुक्ति गरिनुपर्छ भन्ने बिधेयकको बिरोधमा गगन थापा बाहेक कसैले चु-बोल्न सकेनन। गगन थापाले संसदमा समय लियर २५% पद मात्र अस्थाइ शिक्षकबाट पुर्ति गरौ, बाकि ७५% खुल्ला प्रतिस्पर्धाबाट गरौ (बरु अस्थाइ शिक्षकलाइ दिइने अनुदान रकममा बृदि गरेर लैजाऊ) भन्दा दलाल संसदहरुले त साथ दिएनन-दिएनन, संसद बाहिर रहेका बिध्यार्थि नेताहरुले समेत साथ दियनन। सहिको समर्थन गर्न नसक्ने र गलतको बिरोधमा रोडमा आऊन नसक्ने तिन बिध्यार्थि संस्थाका तिन नेताको घोर भर्तसना गरौ।

अस्थाइ शिक्षक पनि जागरुक, क्षमतावान र योग्य छन भने ऊनिहरु बाहिय प्रतिस्पर्धाबाट भित्र छिर्न सक्छन र त्यो बाटो ऊनिहरुको लागि पनि खुल्ला छ, अयोग्य, अल्छि र घुमाऊरा शिक्षकलाइ बरु एक बोरा पैसा राज्यको ढुकुटिबाट दिएर घर फिर्ता गरे केहि असर हुदैन तर यस्ता शिक्षकलाइ फेरि पढाऊने मौका दिएर बिध्यालय भित्र स्वागत गर्नुभनेको मान्छे बनाऊने उद्योगमा एऊटा अयोग्य कालिगण न्युक्ति गरेर सबैको भबिस्य अन्धकार र दुर्घटना गराऊनु हो ।

यो अपराधमा कसैले क्षमा पाऊने छैनन!

५ आश्विन २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको