सन् २०१७ सँगै समाप्त हुनेछन् प्रविधि जगतका यी ७ चिजहरु


वर्ष सन् २०१७ सकिनै लागेको छ । यो वर्षको समापनसँगै विश्वको प्रविधि जगतमा रहेका केही चिजहरु समेत सकिनेवाला छन् । प्रविधि जगतका केही यस्ता वस्तु तथा सेवाहरु रहेका छन् जुन प्रयोगकर्ताका लागि आगामी वर्ष उपलब्ध हुनेछन् । हेरौँ यो वर्षसँगै समाप्त हुने प्रविधि जगतका ७ चिजहरुः

१. आइपड नानो र आइपड शफल: एप्पलले आफ्नो आइपड शफल तथा आइपड नानो यो वर्ष बन्द गर्यो । दुबैलाई एप्पल स्टोरबाट हटाइएको छ । आइपड शफल सन् २००५ मा लञ्च भएको थियो । सन् २०१८ देखि बजारमा यी दुई ग्याजेट देखिने छैनन् ।

२. विन्डोज फोन: माइक्रोसफ्टले गत जुलाईमा नै अबदेखि विन्डोज फोनको सपोर्ट उपलब्ध नगराउने घोषणा गरेको थियो । कम्पनीका अनुसार अब विन्डोज फोनका लागि कुनैप्नि हार्डवेयर तथा सफ्टवेयर उत्पादन गरिनेछैन ।

३. फेसबुक टिकर: फेसबुकले सन् २०११ मा यो फिचर लञ्च गरेको थियो । तर यहीँ वर्ष नै कम्पनीले यसलाई बन्द गरेको छ । यो फिचरले फेसबुक प्रयोगकर्तालाई आफ्ना साथीहरुको क्रियाकलाप ट्रयाक गर्न सहयोग गर्दथ्यो । यो फिचरलाई लिएर प्रयोगकर्ताले गोपनियता भंग भएको पनि उजुरी पनि गरेका थिए ।

४. AOL Instant Messenger, Alto Email: भर्जन कम्युनिकेसन कम्पनीको भ्रातृ कम्पनी ओथले गत अक्टोबर महिनामा आफ्नो मेसेजिङ एप ब्इी बन्द गर्ने घोषणा गर्यो । २० वर्षअघि यो एक ठूलो मेसेजिङ प्लेटफर्म थियो र पछिल्लो समय अस्तित्व नै नामेट भैसकेको थियो । यो सँगै अल्टो इमेल सर्भि पनि बन्द गरिएको छ ।

५. Google Spaces: गुगलले सन् २०१६ मा यसलार्य लचगरेको थियो । तर एक वर्षमै यसलाई बन्द गर्यो । गुगल स्पेसेज पनि एक मेसेजिङ एप थियो तर सानो समूहका लागि । प्रायः व्यवसायिक व्यक्तिहरु यसका प्रयोगकर्ता थिए ।

६.Vertu: बहूमूल्य मोबाइल फोन उत्पादनका लागि चर्चित कम्पनीको नाम हो भर्चु । यसले हिरा, जवाहरत, रत्न तथा बहुमुल्य धातुको प्रयोग गरी बहुमुल्य फोन बनाउँदथ्यो । कम्पनीका स्मार्टफोनको सिग्नेचर रेन्जको सुरुवात १५ लाख रुपैयाँदेखि सुरु भएर ५५ लाख रुपैयाँसम्म पर्दथ्यो । तर आर्थिक समस्याका कारण कम्पनी बन्द भएको छ ।

७. Groove Music: सुरुवातमा Xbox म्यूजिकको नामले चिनिएको म्युजिक सर्भिस ग्रुपलाई माइक्रोसफ्टले खरीद गरेको थियो । गुगल तथा एप्पललाई टक्कर दिनका लागि माइक्रोसफ्टले यो किनेपनि सफल हुन सकेन । एक्सबक्स म्युजिकको नाम बदलेर सन् २०१५ मा ग्रुभ म्यूजिक राखियो । तर अन्ततः माइक्रोसफ्टले ३१ डिसेम्बर २०१७ देखि यो सर्भिस सधैको लागि बन्द गर्दैछ ।

एजेन्सीको सहयोगमा

२०७४ पुष १५ गते प्रकाशित

१५ पुष २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको