बाजुरामा कांग्रेसले कुटे एमालेलाई, १० घाइते


६ पुष, -बाजुराको गौमुल गाउँपालिका ४ मानाकोटमा बुधबार राति गोली चलेको छ। भुवा पर्व मनाइरहेका स्थानीयबीच झडप हुँदा गोली चलेको हो। झडपमा आठजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाबुराका अनुसार गौमुल गाउँपालिका ४ का मंगल, मनबहादुर, देवबहादुर, भिके, आँसु, विर्की बिक र रमेश रोकाया घाइते भएका छन्।

सँगै बडीमालिका नगरपालिका ८ रापकमा स्थानीबीच दोहोरो झडप हुँदा तीनजना घाइते भएका छन्। घाइते हुनेमा नन्द थापा, गोरख थापा र वीरबहादुर थापा छन्। घाइते सबैको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचार भइराखेको छ। घाइते १० मध्ये गौमुल गाउँपालिकाका ४ का मानबहादुर बिक, रमेश रोकाया, भिके बिक र देबे कामीको टाउँकोमा गम्भीर चोट लागेको छ। घाइते चारजनालाई जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसकेपछि जिल्ला बाहिर रिफर गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुवँरले जानकारी दिए।

राजनीतिक कारणले आफूहरुमाथि सामूहिक आक्रमण घएको घाइतेको आरोप छ। ‘सुरुमा दुईजनाले तीन पटक भरुवा बन्दुक पड्काए, पछि अरु आएर कुटपिट गरे’, एक घाइतेले भने।

कुटपिटमा संलग्न भएको भन्दै गौमूलका भुपाल रोकाया, धीरेन्द्र रोकाया, सुरत रोकाया, गोरख रोकाया, सागर रोकाया, घमण्ड रोकाया, धनगिरी रोकायालगायत २७ जनाविरुद्ध जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नरेन्द्र रोकाया सुके रोकायाले सुरुमा बन्दुक पड्काएको प्रहरीको भनाइ छ। राजनीतिक विषयलाई लिएर झगडा भएको स्थानीयले बताएका छन्। घाइते एमाले हुन् भने कुटपीटमा संलग्न कांग्रेस हुन्।

६ पुष २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको